• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा लकडाउन थपियो, बजार, कार्यालय र बैंक खुल्ने समय बढाइयो




दाङमा लकडाउन असार १५ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रको बैठकले लकडाउन लम्ब्याएको हो ।

लकडाउन बढाए पनि बजार खुल्ने समय विस्तार गरिएको छ ।

अहिले विहान १० बजेसम्म खुला हुने बजार अब दिउँसो २ बजेसम्म खुला रहने छन् ।

त्यस्तै सरकारी कार्यालय र बैंकहरु पनि दिउँसो ३ बजेसम्म खुला रहनेछन् । लकडाउनका कारण बन्द रहेका विद्यालय, सार्वजनिक यातायातलगायतक अन्य क्षेत्र भने पूर्णरुपमा बन्द नै रहने छन् ।

दाङमा अहिले कोरोनाका सकृय बिरामी २५६ जना छन् । दोस्रो चरणको संक्रमाण फैलिएपछि बैशाखयता सात हजार सात सय बीस जना संक्रमित भएकोमा सात हजार दुई सय ६६ जना निको भएका छन् भने एक सय ९८ जनाको मृत्यु भएको छ ।

Facebook Comments