• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हेलिकप्टर उडाएका लोकेन्द्र सहयोग पाए रकेट बनाउने योजनामा




जंगबहादुर रेउले/डुब्रिङ
मानिस एक चेतनशिल प्राणी हो । रहेक मासिनभित्र आ–आफ्ना प्रतिभाहरु हुन्छन् । आफ्नै सपनाहरु हुन्छन् । आफ्नै लक्ष्य, उद्देश्य र योजनाहरु पनि हुन्छन् । तर, मानिसभित्र लुकेर रहेको अन्तर्निह प्रतिभा कसैले सहजै प्रष्फुटन गर्न सक्छन् त , कसैले सक्दैन् । कोही मानिसमा सामान्य प्रतिभा हुन्छन्, भने कसैसँग अतभूत कला तथा प्रतिभाका खानी हुन्छन् ।

त्यस्तै एक अतभूत कला र क्षमता भएका व्यक्ति हुन्, लोकेन्द्र बस्नेत । रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका ६ गातीनामा जन्मिएका लोकेन्द्र झट्ट हेर्दा शालिन र भद्र स्वभावका देखिन्छन् । उमेरका हिसावले पनि उनी १८ वर्षमात्र पुगेका छन् । तर, बस्नेतले बिग्रिएको कम्प्युटरको पाठपुर्जा प्रयोग गरेर हेलिकप्टर बनाएका छन् । सबैलाई चकित र आश्चर्य बनाएका छन् ।

बच्चादेखि नै चरा आकाशमा उडेको देख्दा मानिस किन उड्न सक्दैन्, के कारण, कसरी….का इत्यादि प्रश्न उनको मनमा उब्जिरहन्थे । आकाशमा भुर्र..भुर्र… उडेका चराझै उड्न सक्ने हेलिकप्टर बनाउने बिचार गरे । हेलिकप्टर बनाउने योजनामा पुगे । दिनराम सपना पनि देखे । विद्यालय पढ्दा होस या साथीभाईसँग खेल्दा वा घुम्दा समेत हेलिकप्टर कसरी बनाउन सकिन्छ भन्ने कल्पनामा डुबिरहेन्थे । आकाशमा चरा उड्ेझै हेलिकप्टर बनाउन खोज्नु त्यति सहज थिएन् ।

तर, लोकेन्द्रले आफ्नो बाल्यकालमा देखेका सपना सहज रुपमा हासिल गरेका छन् । रुन्टीगढी गाउँपालिका ६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ अध्ययन गर्दैगर्दा उनले आफ्नै सीप र क्षमता प्रयोग गरेर सानो हेलिकप्टर बनाए । अध्ययनसँग–सँगै उनी निरन्तर हेलिकप्टर बनाउने अभ्यासमा अग्रसर भइरहे । लामो समयको मेहनत बाबजुद उनले बिग्रिएका कम्प्युटरमा पाठपुर्जा प्रयोग गरेर हेलिकप्टर बनाए ।

हेलिकप्टरलाई एउटा सानो ल्याप्टप मार्फत सफल उडन समेत गरे । सफल उडन गर्नेबेला समेत उनले तीन वटा हेलिकप्टर बनाउनु परेको थियो । उमेरका हिसाबले सानै भएपनि उनीभित्रको त्यो अतभूत क्षमता देखेर जोकोही मानिस आश्चर्यमा पर्छन् । उनले हेलिकप्टरमात्र बनाएनन् । त्योसँगै ज्योतिस परामर्श केन्द्रसमेत खोलेर बसे । केही महिना सेवा समेत दिए । तर, ज्योतिश परार्शलाई पनि निरन्तर दिन सकेनन् । यद्यपि घरको न्यून आर्थिकका कारणले उनले सोचको र देखेका सपनाहरु सबै पुरा हुन सकेनन् ।

आर्थिक अवस्थाकै कारणले गर्दा उनले बीचमै पढ्न छोड्नु प¥यो । पढ्ने रहर धेरै भएता पनि उलने कक्षा ८ पास पश्चात पढाइमा पुर्णविराम लगाए । पैसा कमाउने र जागिर खाने शिलशिलामा उनी अनेक ठाउँ भौतारी रहे । आर्थिकलाई मजबुद बनाउन उनले प्रयास नगरेका पनि होइन् । पैसा कमाउनकै लागि लोकेन्द्र भोजपुरको हाइडो पावरमा समेत काम गर्न पुगे ।

हाइडोपावरमा करिब २÷३ महिना जति काम गरे । काम चित्त बुझेन उनलाई । घर फर्किए । त्यसपछि सुरक्षा फौजतिर जोडिएर जनतालाई सेवा प्रवाह गर्न पनि उनको आसध्यै इच्छा थियो । त्यसै क्रममा प्रहरीमा जागिर खाने सोच बनाए । त्यसै क्रममा प्रहरीमा आवेदन खुलेको थाहा पाए । र, दाङको तुलसपुरमा गएर प्रहरीमा आवेदन समेत दिए । साहेद उनको भाग्य नभर होला प्रहरी उनले नाम निस्किएन् ।

यि÷यस्ता पीडा र समस्या मनभरी संगालेर घरमै बसेका लोकेन्द्र बस्नेतले आफ्नो सीप र क्षमतालाई कदापी खेर जान नदिने बताए । आर्थिक अभावकै कारणले आफूभित्र भएको कला निरुत्साहित जस्तो देखिएको भएतापनि स्थानीयहरुको आर्थिक सहयोग पाए अब हेलिकप्टर होइन, रकेट बनाउने योजना भएको समेत उनको बताए । पहिलो पटक २०÷२५ हजार रुपैयाँको लगानीमा निर्माण भएको हेलिकप्टर उडाउदा निकै खुशीको महसुस भएको र स्थानीयस्तरबाट सानै उमेरमा पनि नसोचेको नितान्तै भिन्न नयाँ–नयाँ उदाहरणीय काम गरेको भन्दै प्रशंशा पाइरहेको उनको भनाई छ । रकेट बनाउनका लागि उनले स्केच समेत तयार पारीसकेका छन् ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले लोकेन्द्र बस्नेतमा कला र क्षमता अतभूत भएको बताए । यो अतभूत क्षतमतालाई संरक्षण तथा व्यवस्थापन गर्नको लागि यहाँको वडा र पालिका तयार रहेको समेत उनले बताए । यस्ता बहुप्रतिभा भएका व्यक्तिहरुलाई स्थानीय सरकारसँगै प्रदेश सरकारको संरक्षणमा जोड्ने उनको भनाई छ ।

Facebook Comments