• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कुटेचौर विद्यालयमा खानेपानी र इन्टरनेटका लागि पूर्वविद्यार्थीको साढे तीन लाख सहयोग




दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रको दुर्गम र पिछडिएको वस्ती कुटेचौरमा रहेको नव जागरण माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको पहलमा खानेपानी र इन्टरनेटका लागि साढे तीन लाख सहयोग जुटेको छ ।

पूर्वविद्यार्थी तुलसीराम ओली र पुष्कर रावतको पहलमा शुद्ध पिउने पानी र इन्टरनेटका लागि तीन लाख ५८ हजार तीन सय १८ रुपैयाँ १८ पैसा सहयोग प्राप्त भएको प्राधानाध्यापक गोपाल खड्काले जानकारी दिनुभयो ।

सहयोगी मनहरुलाई शिक्षक शिक्षक, बिद्यर्थी, अभिभाबक र स्थानीयबासीले संयुक्तरुपमा धन्यवाद दिएका छन् ।

प्रअ खड्काका अनुसार पुष्कर रावतको पहलमा एक लाख ५१ हजार ९ सय १८, तुलसीराम ओलीबाट ८२ हजार सात सय २६, भीमसेन थापाबाट २३ हजार तीन सय ७२, शीतल रावतबाट २३ हजार तीन सय ७२, हिमाल ओलीबाट २३ हजार तीन सय ७२, सन्तोेष पुनबाट ११ हजार एक सय ८६, निर्मल पुनबाट ११ हजार एक स ८६, महेन्द्र पुनबाट ११ हजार एक सय ८६ र राजेश देबकोटाबाट २० हजार रुपैँया प्राप्त भएको छ ।

Facebook Comments