• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको नगर बैठकः विकृतिविरुद्ध संघर्ष तीब्र पारिने




श्रवण कुमार यादव
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही र तुलसीपुर नगरको प्रथम पुर्ण वैठक सम्पन्न भएको छ।

नेकपाको १०औ केन्द्रीय समितिको पुर्ण बैठक पछिको नगरको प्रथम पुर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले बताए।

नेकपा तुलसीपुर नगरको प्रथम वैठकलाइ सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा वैठकका प्रमुख अतिथी प्रदिपले पार्टीको कार्यनितिक योजना जिम्मेवार ढंगले जनताको बिचमा लैजान आह्वान गरे।उनले यहि व्यवस्थालाइ स्विकार गरेर वार्तामा आएको भनेर हल्ला फिज्नेहरु क्रान्तिबिरोधी तत्व भएको जिकिर गरे।जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको बहसमा सिंगो देश सहभागी भइरहेको बताउदै सेक्रेटरी प्रदिपले केही प्रतिक्रियावादी तत्वहरु अत्तालिएको स्पष्ट पारे।उनले भने,”व्यक्ती,पार्टी होइन व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनु लोकतन्त्रको उच्चतम प्रयोग हो”।

नेकपा तुलसीपुर नगर इन्चार्ज बिकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही नगर इन्चार्ज तिलक योगि ,स्कुलिङ बिभाग दाङका प्रमुख रुद्र वली,अखिल नेपाल शिक्षक संगठन दाङका कोषाध्यक्ष मेघराज घिमिरे,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका अध्यक्ष सन्जय वलीको आतिथ्य रहेको थियो।

तुलसीपुर नगरको प्रथम वैठकले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ।

यस्तै नेकपा घोराही नगरको प्रथम वैठकलाइ प्रशिक्षणात्मक मन्तव्य नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले राखेका थिए।

वैठकलाइ सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पोख्रेलले बैज्ञानिक समाजवादी राज्यव्यवस्थाको पक्षामा जनलहर वढ्दै गएको बताए।अहिलेको संकटको निर्विकल्प निकास बैज्ञानिक समाजवाद भएको बताउदै पोख्रेलले सबै क्रान्तिकारी,देशभक्त,प्रगतिशिल,कम्युनिस्ट,सच्चा लोकतन्त्रवादीहरु संसदीय संकट समाधानको लागि एकताबद्ध हुन अपिल गरे।उनले भने,” संकट व्यवस्थामा छ,व्यक्ती,पार्टी होइन व्यवस्था छान्ने अधिकार जनतालाइ दिन जनमतसंग्रहमा जाउ”।

घोराही नगर इन्चार्ज तिलक योगिको अध्यक्षतामा भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन जंगली,नेकपा लमही नगर इन्चार्ज जनक बिक,नेकपाका युवा नेता तिलक पुनको आतिथ्य रहेको थियो।

वैठकले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ भने एमसिसी परियोजना,सामाजिक बिकृती बिसंगति,अखाद्य बस्तु बिक्री वितरणका विरुद्ध निर्णायक संघर्ष गर्ने निर्णय गरेको छ।

Facebook Comments