• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीसहित तीन प्रदेशमा अझै भारी बर्षाको संभावना




लुम्बिनीसहित तीन प्रदेशमा अझै केही दिन भारी बर्षातको संभावना रहेको छ ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागको भनाइ छ ।

प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू–भागमा भारि वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच अन्य प्रदेशमा पनि अझै केही दिन पानी पर्ने भएको छ । मंगलबार र बुधबारको तुलनामा केही कम वर्षा हुने तर नरोकिने मौसमविद्हरुले बताएका छन् ।

अघिल्ला दुई दिनको तुलनामा आज र भोलि केही कम पानी पर्ने तर नरोकिने मौसमविद् मीनकुमार अर्यालको भनाइ छ ।

पानी कम परे पनि सचेत हुनुपर्ने उनी बताउँछन् । ठूलो पानी परेर जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले यसबाट सचेत हुनुपर्नेमा उनको जोड छ ।

Facebook Comments