• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहयात्रीविना पनि सफल हुनसक्छ असल यात्री




लेखनाथ ओली
हरेक यात्रीको निश्चित गन्तव्य हुन्छ । यात्रा गर्नुको उदेश्य पनि निश्चित हुन्छ । यात्रा गर्दा केही निकै सम्झना लायक पलहरु पनि हुन्छ्न । केही पलहरु निकै कष्ट पनि हुन्छ्न ।

धेरै यात्रीहरुले आफ्नो गन्तव्य भुलेर दु:ख पनि पाएका छ्न भने केही यात्रीहरुले आफ्नो गन्तव्य निश्चित विन्दुमा पुर्याएर आफ्नो जिवनलाई सुन्दर अनि सुखद बनाएका छ्न।

तिमी पनि यात्रामा भेटिएको एक यात्री हौ । तिम्रो पनि निश्चित उदेश्य र गन्तव्य छन होला । गन्तव्यमा पुग्नलाइ अनेकन बाधा, अबरोध, समस्या त छदैछ्न ।

म पनि तिम्रो यात्रामा साथ दिन तयार भएको एक पात्र भनौ या यात्री हु । संगै सहयात्रा गर्न भनेर तयार पनि भएकै हो । तर के गर्नु तिमिसंग सहयात्रा गर्नलाइ मेरो औकात भनौ या हैसियत मिल्न सकेन । म त भुइ मान्छे तिमी परे, एउटा छुटै पहिचान भएको मान्छे मैले कहाँ सक्थे र तिम्रो जस्तो पहिचान बनाउन।

सहयात्राको क्रम पाएको बहुमुल्य उपहार पनि छ । त्यो उपहारलाइ संकट नपार्न भए पनि हाम्रो यात्रा निश्चित विन्दुमा पुर्याउनु पर्नेछ।

तर, मलाइ यत्ती थाहा कि जिन्दगीमा चाहिने भन्दा धेरै सम्झौता गर्नु हुदैन । अनि यो पनि भुल्नु हुदैन, सहयात्रा भनेको हरेक दु:ख होस या सुखमा हातेमालो गरेर अगाडि बडनु हो, जहाँ स्वार्थ, अहंकार, घमण्ड हुन्छ । त्यहाँ कहिल्यै सहयात्रा साथ सहयोग हुनै सक्दैन।

अनि अर्को कुरा जिन्दगीमा भएका गल्ती कमजोरिलाइ जसले महसुस गरेर समयमै आफ्नो कमजोरी सच्याउन सक्दैन । उसले एक दिन पछुताउनु शिवाय केही विकल्प हुदैन । मलाइ लाग्छ तिमी एक पात्र हुनेछौ । महसुस हुनेछ तर समयले हाम्रो यात्रालाइ कुनै विन्दुमा पुर्याएर अलग बनाइसकेको हुने छ।

हाम्रा सपनाहरु टुट्ने छ्न।
सहयात्रा छुट्ने छ।
गन्तव्य अलग हुनेछ।
नयाँ परिवेश होला।
सहयात्री फेरिएलान।
नयाँ साइनो जोडिएलान।
भौतिक आनन्द होला।
तर ………………………………….
मन अमिलो हुनेछ।
उसको याद आउने छ।
उसङै हुन मन लाग्ने छ।
…………………………..
जिन्दगीमा यात्रा गर्नु नै पर्छ । सहयात्रीसंग यात्रा गर्नु छ भने गन्तव्यसम्म पुग्ने खोज्नु पर्छ । बिच बाटोमा अलपत्र पार्ने यात्रीले जिन्दगी बहुत पीडा दिन्छ्न ।

फेरि यो कुरा बिर्सनु हुदैन । हरेक भोगाइले जिन्दगी जिउनलाइ सहज बनाउछ । मान्छे परिपक्व हुने भनेको नै भोगाइले हो।

असल यात्रीले सहयात्री नहुदा पनि सफलता पुर्वक निश्चित गन्तव्यको यात्रा सफलता पुर्वक गर्न सक्छ।

(नोट: कसैको जिवनमा मेल_खाएमा संयोग मात्र हुनेछ।)

Facebook Comments