कर्णाली प्रदेश सरकारले कोरोना खोप खरिद गरेर सबै प्रदेशबासीलाई खोप लगाउनका लागि बजेट विनियोजन गरेको छ ।
कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा ‘अनल’ले आर्थिक बर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको छ ।
बजेटले कोरोना न्यूनीकरण तथा स्वास्थ्य उपचारलाई प्राथमिकता दिएको छ ।
बबई र कपुरकोट स्वास्थ्य जाँच पोष्ट स्थापना गरिने छ भने चौरजहारीमा रहेको कोरोना अस्पताललाई प्रदेश सरकारको माताहतमा ल्याइने छ । बजेट भाषण जारी रहेको छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।