• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक




लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सो बजेट सार्वजनिक गर्नुभएको हो ।

जसअनुसार चालु खर्चतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै स्थानीय तह हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटले कोरोना नियन्त्रण र आर्थिक पुनर्स्थापनालाई प्राथमिकता दिएको छ ।

लुम्बिनी प्रदेशले चार वटा उपमहानगरपालिका समेट्ने गरी तीन महानगरपालिका बनाउन आवश्यक तयारी गर्न बजेट विनियोजन गरेको छ ।

अधिकांश पुरानै योजनाले निरन्तरता पाएका छन् । दाङमा नेत्रलाल अभागीस्मृति रंगशालाका लागि १५ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै घोराही–तुलसीपुरलाई मिलाएर महानगरपालिकाको विकास गर्नको लागि बजेट विनियोजन गरिएको छ ।

बजेटमा बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुरलाई मिलाएर महानगरपालिकाको विकास गर्ने उल्लेख छ । महानगरका लागि पूर्वसम्भाव्यता अध्ययन भइसकेको बजेटमा उल्लेख छ ।

Facebook Comments