• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बैचारिक र सांगठनिकरुपमा एकताबद्ध कम्युनिस्ट पार्टी आजको आवश्यकता




शुरामणि बेलबासे

आज पनि संसारमा करीव २० करोड कम्युनिस्ट पार्टी सदस्य र २ अरव कम्युनिस्ट शुभेच्छुक छन्,जसले माक्र्सबादी सिद्धान्तमा आस्था र विश्वास राख्दछन् । माक्र्सबाद मूलरुपमा कम्युनिज्मको स्थापना गर्ने सिद्धान्त हो । कम्युनिज्म भन्नाले समानता र सामुहिकता भएको व्यवस्था हो । माक्र्सबाद र कम्युनिज्म समानार्थी शब्दकारुपमा पनि प्रयोग भएको देखिन्छ । माक्र्सबाद कम्युनिस्ट पार्टीको मूल सिद्धान्त हो ।

माक्र्सबादको अभ्यासका क्रममा अन्य वीचार सिद्धान्तहरुहो प्रतिपादन गरिएको छ । माकर्सबादले मानव–मानवका वीचमा रहेको असमानतालाई हटाउन चाहन्छ । माक्र्सबादले राज्यलाई सामाजिक शोषणको साधन मान्दछ । समाजमा वर्गको उत्पत्ति संगै राज्यको उत्पत्ति भएको ठान्दछ, त्यसकारण सामाजिक शोषणको साधन रहेको राज्यसत्तालाई समाप्त पार्नु नै वर्गवीहिन समाजको स्थापना हुनु हो, अर्थात कम्युनिज्मको स्थापना गर्नु हो भन्ने मान्यता माक्र्सबादको रहेको छ ।

मानिसका वीचमा असमानता र शोषण हुनु हुंदैन भन्ने मान्यतामा कम्युनिस्टहरुको विश्वास रहेको हुन्छ । माक्र्सले समाज परिवर्तनका लागि ऐतिहासिक द्धन्द्धात्मक भौतिकबादी दर्शन, वैज्ञानिक समाजबादी सिद्धान्त र माक्र्सबादी अर्थशास्त्रको सिद्धान्त प्रतिपादन गरे जसको समष्टीलाइ माक्र्सबाद भनिन्छ ।

माक्र्सबादी सिद्धान्तको अभ्यासका दौरानमा संसारमा कम्युनिस्ट पार्टीहरुको स्थापना भएका हुन् । सोभियत संघ, पुर्वी युरोप, एसीया र अमेरिकी महादीपमा समेत कम्युनिस्ट पार्टीको स्थापना भएका छन् । सन् १९९० को दशक सम्म संसारको एक तिहाइ भूभागमा कम्युनिस्ट शासन थियो । अहिले पनि संसारको ८ अरव जनसंख्यामा करीव २ अरव जनसंख्या कम्युनिस्ट शासन अन्तर्गत छ । माक्र्सबादी सिद्धान्तका कारण आज संसारमा राज्य राज्यहरुका वीचको प्रत्यक्ष उत्पीडन (उपनीवेश) समाप्त भएको छ । महिलाहरुमाथि हुने उत्पीडन करीव समाप्त भएको छ ।

श्रमजीवि वर्गमाथि हुने उत्पीडन पनि करीव समाप्त भएको छ । यो सबै परिवर्तनमा माक्र्सबादको अहम भूमिका रहेको छ । माक्र्सबादले मानिसलाई स्वतन्त्र र स्वाभिमानी हुन सिकाएको छ । अन्यायका विरुद्धमा जुध्न सिकाएको छ । माक्र्सबादले मानिसलाई विद्राही बनायो, चेतनसील बनायो र सवालम्वनपुर्वक स्वशासित भई बांच्न सिकाएको छ ।

माक्र्सबादलाई लागु गर्नका लागि नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । जहानियां राणाशासनको अंध्यारो कालरात्रीमा नेपाली जनतालाई सुन्दर भविष्यको बाटो देखाउंदै स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले आज ७२ वर्षको जीवन पार गरेको छ । यस वीचमा नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै उतारचडाव आएका छन् । नेकपाका ५ जना संस्थापक सबैले मृत्युवरण गरिसक्नु भएको छ । दोस्रो पुस्ताले नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेको छ । ७२ वर्षे नेपाली कम्युनिस्ट आन्दोलनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा महत्वपूर्ण भूमिका खेलेको छ ।

यस वीचमा २०२८ सालको झापा संघर्ष, २०४६ सालको जनआन्दोलन, दश वर्षे जनयुद्ध र २०६२÷२०६३ को जनक्रान्तिमा नेपालका कम्युनिस्ट पार्टीहरुले नेतृत्वदायी भूमिका खेलेका छन् । यीनै आन्दोलन र क्रान्तिले नेपाललाई अहिलेको अबस्थामा ल्याएका हुन् । राजनीतकरुपमा नेपालमा जनबादी क्रान्ति सम्पन्न भएको छ । जनबादी क्रान्तिका आर्थिक,सामाजिक र सांस्कृतिक कार्यभारहरु आज पनि बांकी छन् । समाजमा सामन्तबादको स्थानमा दलालपूजीबादको वचस्व स्थापित भएको छ । गरीवि उस्तै छ । सामाजिक कुरीति,अन्धविश्वास र जातीय विभेदले एक्काईसौं सताब्दिलाई गिज्जाई रहेको छ । पुरातन र पश्चिमा संस्कृतिले हाम्रो समाजलाई गिजोलीरहेको छ ।

कम्युनिस्ट पार्टीले भन्ने गरेको राष्ट्रिय पूंजीबादको बिकास कसरी गर्ने ? द्धयद भूस्वामित्वको अन्त्य कसरी गर्ने ? बास्तविक जोताहलाई जमिनको मालिक कसरी बनाउने ? कम्युनिस्ट पार्टीलाई भोट हाले पछि जमिन पाईन्छ भन्ने आशामा रहेका लाखौं सुकुम्वाशीहरुलाई लालपुर्जा सहितको जमिनको मालिक कसरी बनाउने ? पंचायतकालमा विदेशी राष्ट्रद्धारा निर्मित उद्योग कारखाना आज पनि बन्द छन् तीनको संचालन कसरी गर्ने ?

जनबादी शिक्षा लागु गर्ने मुल नारा लगाएर नेपालमा विद्यार्थी आन्दोलन अघि बडेको थियो, बुर्जुवा शिक्षा वहिस्कार गरेको त्यही पुस्ताले आज नेपालको राजनीतिक नेतृत्व गरिरहेको छ, जनबादी शिक्षा के हो ? कहिले र कसरी लागु गर्ने ? करीव १ करोड नेपालीहरु आज पनि विदेशमा रोजी रोटीको लागि भौंतारी रहेका छन् उनीहरुलाई स्वदेशमै रोजगारी सहित बस्न सक्ने बाताबरण कसरी बनाउने ?

देश निर्माणका लागि मेरुदण्डका रुपमा रहेको उच्च प्राविधिक शैक्षिक जनशक्ति पनि रोजगारीको अभावमा देश बाहिर छ त्यसलाई स्वदेश निर्माणमा कसरी लगाउने ? मूलरुपमा नेपाली जनतलाई सुखी कसरी बनाउने, स्वाभिमानी र समृद्ध नेपाल कसरी बनाउने ? कति वर्षमा यी सबै काम सम्पन्न गर्न सकिन्छ त्यसको नीति, योजना र कार्यक्रम निर्माण गरि कार्यान्वयनमा सारा जनतालाई परिचालन गर्न सक्ने कम्युनिस्ट पार्टीको आवस्यक्ता देशले महशुस गरेको छ ।

आज नेपाली कम्युनिस्ट आन्दोलनमा भिमकाय समस्याहरु देखिएका छन् । कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अराजकताबाद हावी भएको छ । पार्टी र शासन सत्ताको नेतृत्व गर्नेहरुको देवत्वकरण गरिएको छ । पार्टी विधि पद्धति र कम्युनिस्ट आदर्शबाट विमुख भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका नेतृत्वकर्ताहरु दलालपूजीबादका एजेन्ट जस्ता भएका छन् । सिंगो पार्टी पङति उत्शाहवीहिन र नीराश भएको छ । जनता र कार्यकर्ताले बडो दुख कष्ट गरेर सत्तामा पुराइएकाहरु तल देखि माथि सम्म सबै राजा बनेको अनुभूतीमा रमेका छन्, केही दिनमा सत्ता बाहिर जानु पर्ला, सामान्य नागरिक जस्तै हुनु पर्ला भन्ने सोंच्न छाडेका छन् ।

कम्युनिस्ट पार्टीद्धारा संचालिन सरकारको कुनै छनक छैन । पार्टी र सरकार कसरी संचालन गर्ने कुनै योजना देखिंदैन यी सबै कारणले अहिलेको हाम्रो कम्युनिस्ट आन्दोलन दिशावीहिन देखिएको छ । त्यसकारण अब नेपालको कम्युनिस्ट आन्दोलनलाई बैचारिक र सांगठानिकरुपमा एकताबद्ध बनाउंदै पार्टीको नीति, सिद्धान्त अनुसार सबै तहका सरकारहरु संचालन गर्नु पर्दछ । नेपाली कम्युनिस्ट आन्दोनलको बस्तुनिष्ठ समिक्षा गरि जनबादी क्रान्तिका बांकी कार्यभार पुरा गर्नका लागि नेपालमा एकताबद्ध, क्रान्तिकारी र शक्तिसाली कम्युनिस्ट पार्टीको आबस्यक्ता आज झन टड्कारो बनेको छ ।

Facebook Comments