• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीमा नीति तथा कार्यक्रम बहुमतबाट पारित




कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमको पक्षमा सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरे पनि बहुमत भने पुगेन ।

प्रस्ताव पेश गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ नियन्त्रण उत्पादनमा जोड दिएको बताउनुभएको थियो । कर्णालीले बजेट पनि आजै सार्वजनिक गर्दैछ ।

Facebook Comments