राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सूचारु भएको छ ।
कोभिड– १९ को महामारी तथा तीब्र संक्रमनका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।
पछिल्लो समय कोरोना संक्रमनको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु भएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ ।
उस्ले आइसियू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको समेत उपचार सुरु भएको जानकारी दिएको छ ।
तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, जेष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।