• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्येष्ठ कमरेडहरुलाई सम्मान गर्दै सच्चा समाजवादी एकताबद्ध बनौं




भीमबहादुर ओली
२१ औ शताब्दीको मालेमावादी कार्यदिशालाई हामीहरूले संश्लेषण गर्न नसक्नु एउटा कमजोरीको कारण बन्ला तर त्योभन्दा एकीकृत भएर अगाडि बढन नसक्दा दुखद दिनहरु भोग्नु आफ्नै कारणहरू बनेका छन् ।

संसारलाई एउटा कार्यदिशामा चलाउने सिद्धान्त, दर्शन, र अर्थतन्त्रलाई आत्मविश्वास वस्तुगत रुपले गरेकै हो भने किन अलगअलग भएर हिड्नु ?

उत्कृष्ट चेतना भएका हामीहरू नै मिल्नसक्ने होईन भने पिछडिएको चेतनाबाट समाजवादी क्रान्ति हुन्छ भन्ने त माक्र्सवादले पनी विश्वास गर्दैन ।

माक्सवाददले विश्वास गर्दैन भने कित हामीहरूले पनि माक्सवादलाई विश्वास गरेका छैनौ । सार कुरा हामी कम्युनिष्टहरु मार्क्सवाद र समाजवादप्रतिको अविश्वासकै कारण विघटित अवस्थामा छौं, जुन कुरा दिनको घाम झै छर्लङ्ग भएको छ।

माक्सवाद र समाजवादको बद्नाम गर्ने, जसप्रति विश्वास नगर्ने र कम्युनिष्टहरुलाई संसारबाटै सक्नलाई हामीहरू कम्यूनिष्ट भएका हौं या बद्नाम गरिसकेपछि नेपालमा कम्युनिष्ट कोही नहोउन भनेर ?

नेपाली परिवेशमा यी तमाम विषयहरूमा जवाफ दिन नसक्नेहरु पनि कम्यूनिष्ट नहुदा नै उत्तम हुन्छ। नेपाली मोडेलको नोकरशाही दलाल कम्यूनिष्ट भएर हामीहरूले त दुःख पायौ तर भावी पुस्ताका लागि केही नयाँ सोच्ने नै हो भने हामीहरूले नयाँ सोंच र विचार भएका व्यक्ति केन्द्रीकरणको नयाँ पार्टी हामीहरूबाटै बनाउनुपर्छ, जो कुरा हाम्रै जीवनमा सम्भव पनि छ।

विचार र जीवनदेखि थाकेका युवाहरूबाट त झनै सम्भव छैन तर नथाकेका बृद्धहरुलाई संरक्षक तथा प्रेरणाका श्रोतहरू बनाएर जान सक्नुपर्दछ।

आज नेपाली राजनीति, कम्युनिस्ट आन्दोलन र सबै पार्टीहरुमा पुरानै आग्रह तथा प्रतिशोधी भावनाका बृद्ध नेताहरू बिराजमान छन् । यहाँसम्म त विश्वास गरेरै यो समाज आजको अवस्थामा आपुगेको हो, अब विश्वास सबै पार्टी र समाजमा घटेको भने सत्य हो ।

यथार्थ कुरो सबै पार्टी र समाजले बुझेर नयाँ विचारसहितको नयाँ नेतृत्व निर्माणका साथै सामाजिक जगतमा स्थापित गरेर मात्रै नयाँ पिढीले वृहत छलफलको आवश्यकता बोध गर्न सक्नेछ। द्वन्द्ववादको सिद्धान्तअनुसार तब समाज अािड जान सक्छ, जब पुरानोलाई निषेध गर्न सकिने छ ।

आजका हामी सबैका नेताहरू नयाँलाई निषेध गरेर पुरानाको साम्राज्य कायम गरेर अगाडि बढेकै कारण समाजले गति लिन सकेन। आजका द्वन्द्ववाद विरोधीहरू न मार्क्सवादी न कम्युनिष्ट यही कारणले समाजमा बस्तु भएर पनि गति छैन ।

एक जीवनशील वस्तुमा गति तथा अन्तरविरोध हुनु हाम्रो मार्ग दर्शन हो तर विघटनका लागि नभई अग्रगामी परिवर्तनका लागि हुनुपर्छ । हामीहरू रुपान्तरण हुनपर्दछ। बझेर पनी नेपाली कम्युनिष्टहरुले समाजवादविनाको संसदीय राजनीति गर्दा हामी कार्यकर्ता र जनताले दुःख पाएका छौं ।

कार्यकर्ता र जनताको एक संगठित पार्टी समाजलाई दिएर यही समाजवादउन्मुख संविधानको जगमा समाजवादी सत्ता निर्माणमा हाम्रो सक्षमता काम लाग्ने छ। नयाँ वहसको थालनी र कार्यान्वायन वृद्धहरुको भिभावकत्वमा गरौ यसैमा हाम्रो भविष्य जोडिएको छ।

बबई ४ दाङ

Facebook Comments