• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउनकै बीचमा साहित्यकारहरु जुटे विचार गोष्ठीमा




राप्ती साहित्य परिषद् दाङ शाखाले काेभिड नियन्त्रणमा साहित्यकारकाे भुमिका र सम्भावना विषयक बिचार गाेष्ठी कार्यक्रम सम्पन्न गरेका छ ।

परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे दाेस्रो कार्यक्रम अन्तर्गत बिचार गाेष्ठी सम्पन्न गरिएकाे हाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का पुर्व केन्द्रीय अध्यक्ष बरिस्ठ साहित्यकार डा अमर गिरीकाे प्रमुख अातिथ्यता /प्रमुख वक्ता तथा परिषद्का अाजिवन सदस्य एवम् मनाेराेग बिषेशज्ञ डा अरविन्द भुसालकाे बिशिस्ट अातिथ्यता / वक्ताका रूपमा सम्पन्न गरेकाे हाे । सो कार्यक्रममा प्रमुख वक्ता तथा वक्ताले अाफ्नाे बिचार/ दृष्टिकोण राख्नु भएकाे थियाे, भने सहभागीहरूबाट अाएका प्रश्न/ जिज्ञासाहरू पालैपालाे दुबै बक्ताले सम्वाेधन गर्नु भएकाे थियाे ।

उक्त जुम मार्फत सञ्चालन गरिएकाे कार्यक्रममा बरिस्ठ साहित्यकारहरू डा अमर शाह, मनाेहर लामिछाने, डा. कृष्णराज डि सी, डा मधुसूदन लामिछाने, टिकाराम उदासी, कमलमणि देबकाेटा, केशव थापा, डा लाेकराज पराजुली, केशवराज देबकाेटा, हरी पाेख्रेल र विश्व कृर्तिमानी संगीतकार सन्ताेष श्रेष्ठ , परिषद्का केन्द्रीय सचिव खेमराज मल्ल, साहित्यकार पुर्ण वली र गजलकार ऋषि शर्मा सुदामा, नागरिक समाज दाङका संयाेजक बरिस्ठ पत्रकार केवी मसाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष प्रविन भण्डारी र सचिव तारादेव शर्मा (प्रर्दशन), रूकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्मा, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष मुकुन्दप्रसाद रन्जितकार, उदाहरण समुहका अभियन्ता घनश्याम अस्तित्व, पाँचथरका साहित्यकार नरेन्द्र केरूङ्, कैलालीका साहित्यकार धर्मराज न्याैपाने, नब साहित्य उत्थानका प्रतिनिधि मनाेज पीडित, प्यूठानका साहित्यकार माधव पाेख्रेल र साहित्यकारहरू प्रबल बिष्ट, बिमला डाँगी विकलता गुरुप्रसाद कुमाल बुलबुल , रामप्रकाश चौधरी, शुशिला अाचार्य, हरिचन्द्र शर्मा, भिमा पाण्डेय,भुमा क्षेत्री, सिद्ध समर्पण लगायत विभिन्न जिल्ला तथा देश बाहिर रहनु भएका साहित्यकारज्यूहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा केन्द्रीय तथा विभिन्न जिल्लाका पदाधिकारीहरू र सल्लाहकारज्यूहरूकाे सहभागीता रहेकाे थियाे । उक्त बिचार गाेष्ठीमा परिषद् दाङ शाखाका उपाध्यक्ष साहित्यकार शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ गर्नुका साथै कार्यक्रम को सहजीकरण गीतकार सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

Facebook Comments