• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मनसुन सक्रिय बन्दै, यो बर्ष औसतभन्दा बढी बर्षा हुने




नेपालमा २८ जेठदेखि मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण पूर्वीभागमा मनसुन प्रवेश भएको घोषणा गरेको छ ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुनको आगमन भएको जनाउँदै विभागले एक दुई दिनमा नै मनसुन देशैभरी फैलिने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले अर्को साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरुमा भारी तथा थोरै स्थानमा धेरै भारीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा जेठ अन्तिमदेखि असोज पहिलो सातासम्म बर्षात जारी रहन्छ । मौसमविद्हरुका अनुसार नेपालमा करिब १ सय दिन मनसुन सक्रिय हुन्छ ।
मनसुन अवधिमा नेपालका धेरैजसो भू–भागहरुमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ ।

यस्तै, प्रदेश १ को मध्य तथा हिमाली भागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर र प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लाहरुमा सरदभन्दा कम वर्षा हुनेछ ।

Facebook Comments