• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सम्झौताविपरीत ल्याइएका २६ बाख्रा नगरपालिकाद्वारा फिर्ता




रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले कृषकहरुलाई बितरण गर्ने भनेर ल्याएका २६ वटा बाख्रा सम्झौताबिपरित पाइएकाले फिर्ता गरिदिजएको छ ।

नगर प्रमुख देबीलाल गौतम र प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले विज्ञप्तिमार्फत सो जानकारी गराउनुभएको हो ।

नगरपालिकाले बाख्रा कम्तिमा २० किलो हुनुपर्ने र प्रतिकिलो ६ सय १४ रुपैंयामा उलपब्ध गराउने गरी बाँकेको केयर नेपाल प्रालि नेपालगञ्जसंग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार उक्त कम्पनीले नगरपालिकालाई १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा उपलब्ध गराउनुपर्ने छ ।

जसअनुसार पहिलो चरणमा कम्पनीले ५६ वटा बाख्रा नगरपालिकामा पुर्याएको थियो । तर २६ वटा बाख्रा सम्झौता अनुसार नभएको पाईएपछि नगरपालिकाले फिर्ता गरिदिएको छ ।

बाख्रा अस्वस्थ रहेको, तौल नपुगेको, भने अनुसार जातका पनि नभएको पाईएपछि कृषकलाई वितरण नगरी सिधै फिर्ता गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त कम्पनीले नै ल्याएको ३० वटा बाख्रा भने कृषकहरुलाई वितरण गरिएको छ । संघीय सरकार र नगरपालिका र कृषक समेतको लगानी साझेदारीमा नगरपालिकाका विभिन्न समुहका सदस्यहरुलाई बाख्रा वितरण गरिदै छ ।

Facebook Comments