• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षकलाई खोप अनिवार्य गरियोस्




खलजीत बुढा मगर
सरकार भबिष्यमा ती विशेष ब्यक्तिहरुले जिम्मेवारका लागि कदम चाल्दा लाखौंको ज्यान बच्ने भएकाले शिक्षकका लागि खोपको ब्यवस्था गर । शिक्षकका लागि खोप अनिवार्य गरिनुपर्छ, यो आम शिक्षकहरुको माग हो । अहिले पनि एक सय बढी शिक्षकको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

शिक्षण एउटा पेशा मात्र होइन, हजारौं विद्यार्थीको भविष्य बोेकेको जिम्मेवारी पनि हो, जसको दैनिक सयौं विद्यार्थीसँग सम्पर्क हुन्छ । हरेक निकायको नेतृत्व गर्ने एक दक्ष व्यक्ति, डाक्टर, इन्जिनियर, नेता, शिक्षक उत्पादन गर्नै जिम्मेवारी शिक्षकमा हुन्छ ।

शिक्षाको लागि प्रमाणपत्रमा भयको ग्रेड र अङ्कलाई भन्दा बरु नियमित समय भन्दा तीन चार घन्टा बढी समय र तलब बढाइ देऊ ।

सिकेका हरेक सैद्धान्तिक कुराहरुलाइ ती महान उच्च सम्मानका शिक्षकको र विद्यार्थीको अत्यधिक सक्रियतामा प्रयोगात्मक तरिकाले प्रयोग र नयाँ नयाँ कुरा आफ्ना बिबेकले भ्याएसम्म उनिहरुले सृजना गर्नसक्ने आवश्यक शिक्षण सामग्री र वातगारण जुन निकायबाट हुन्छ, ब्यवस्था गरौं ।

हरेक विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरौं । बालबालिकाको विशेष क्षताका आधारमा गणितमाराम्रा भए गणितका ल्याबमा जोड दिऔं । जुन बिषयको संभव छ, त्यसमा ध्यान दिऔं । विद्यालय कस्ता बनाउने, विद्यार्थी कस्ता बनाउने र शिक्षक कस्ता बनाउने बहस गरौं तर उनीहरुको जीवनमाथि खेलवाड नगरौं । हामी यस्तो पनि कल्पना गर्न सक्छौं, सरकारको सही नीति हुने हो भने भ्याक्सिनहरु उत्पादन गर्ने पनि शिक्षण संस्थाबाटै हो ।

संसारभरिका विश्वविद्यालय अहिले खोप उत्पादनमा लागिरहेका छन् तर हामीले यहाँ खोप लगाइदेउ भनेर गुहार गर्नुपर्ने अवस्था छ । हामी यसमा पनि छलफल गर्न सक्छौं, देशका नेता, डाक्टर, इञ्जिनियर उत्पादन गर्नसक्ने विश्वविद्यालयहरुले एउटा महामारीको खोप उत्पादन गर्न किन सक्दैन । सरकारले सही नीति लिएर विश्वविद्यालयलाई अनुसन्धानमा लगाउने हो भने यसका लागि विश्वविद्यालयहरु सक्षम पनि हुने छन् ।

हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक मात्रै छ । सिकेका सिद्धान्त प्रयोगबाटबाट प्रमाणित गर्ने अवस्था छैन । त्यसैले पनि नेपालमा खोपसम्बन्धी अध्ययनले सफलता नपाएको हो । यो घटनाबाट शिक्षा क्षेत्रले सिक्नुपर्ने पाठ यो पनि हो कि महामारीका लागि सबैभन्दा बढी प्रभावित यही क्षेत्र हुँदो रहेछ, यही क्षेत्रले महामारीविरुद्ध लड्ने खोपको अनुसन्धान र खोज किन नगर्ने ?

यो सवालमा हामीले बहस गर्नैपर्छ– आगामी दिनमा शैक्षिक संस्थाहरुले खोप लगाइदेऊ भनेर याचना गर्नुनपरोस् बरु कुन विश्वविद्यालयले कुन खोपको उत्पादन गर्ने भनेर प्रतिष्पर्धा चलोस् । तर, अहिलेका लागि भने शिक्षक विद्यार्थीका लागि खोप अनिवार्य गरियोस् । अन्य क्षेत्रजस्तै शिक्षकहरु पनि अग्रपंक्तिका सरोकारवाला हुन् भन्ने मानियोस् र शिक्षकलाई खोप अनिवार्य गरियोस्े ।

Facebook Comments