• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनलाइनबाटै नतिजा प्रकाशन




घोराही १३ स्थित गोदावरी इङ्लिस मिडियम स्कुल जेम्सले प्रतिकूल परिस्थितिको कारणले अनलाइनको माध्यमबाट लिएको वार्षिक परीक्षाको नतिजा आईतबार अनलाइनबाटै सार्वजनिक गरेको छ ।

करिब एकसय अभिभावक र विद्यालयका शिक्षकहरू अनलाइनमार्फत जोडीएको ‘नतिजा प्रकाशन तथा आगामी शैक्षिक कार्यक्रम’ विषयक भर्चुअल छलफल कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णुप्रभात दाहालले प्रतिकूल परिस्थितिको बावजूद परीक्षा सञ्चालन र पठनपाठनमा सहयोग पुर्याउने अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी शैक्षिक सत्रको कक्षा सञ्चालन असार १ गते देखि सुचारु रहने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयले देखाएको तदारुकताकाे लागि धन्यवाद दिँदै छिटो भन्दा छिटो अनलाइन कक्षालाई निरन्तरता दिन सुझाव दिएका थिए । विद्यालयका अध्यक्ष शेषमणि सुवेदीले ग्रामीण इलाकामा रहेका अभिभावकहरुले पनि नब्बे प्रतिशत विद्यार्थीलाई अनलाइन परीक्षामा सहभागी गराउनुले आफू उत्साहित भएको बताउनुभयो ।

‘विद्यालयले लिने सम्पूर्ण परीक्षाको नतिजा अभिभावकहरु को फेसबुक म्यासेन्जरमा पठाउने व्यवस्था गरिएको छ । ‘ विद्यालयका उच्च मावि संयोजक हरीप्रसाद पौडेलले भन्नुभयो, ‘ विद्यालयले अनलाइन उपस्थित हुन नसकेका विद्यार्थीहरूको नतिजा आन्तरिक मूल्याङ्कनका आधारमा गरेका छौं।’ उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

Facebook Comments