• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुत्ला दहनमा प्रहरी हस्तक्षेप, क्रान्तिकारीका जिल्ला संयोजक रोकासहित नौ जना पक्राउ




संसद बिघटन र उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिविरुद्ध घोराहीमा पुत्ला दहन गरिएको छ ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी दाङले पुत्ला दहन गरेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारीका जिल्ला संयोजक जंग रोकासहित नौ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला सचिवालय सदस्य डिभाइड शर्मा, प्रतीक अधिकारी, भुवन पुन मगर, निखिल राना , भुवन राना, जयप्रकाश कठायत र बिर्ख ओली रहनुभएको छ ।

संगठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले गिरफ्तार नेता कार्यकर्तालाई रिहा नगरे कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिनुभएको छ ।

Facebook Comments