• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाँजा सचेतनाका लागि देशब्यापी अभियान, सबै जिल्लामा समूह गठन




गाँजा खेतीलाई वैधानिकता दिएर यसबाट आर्थिक उपार्जन गर्नुपर्छ भन्ने धारणाका साथ देशब्यापी अभियान शुरु भएको छ ।

जसअनुसार दुई दिनको बीचमा देशभरिका सबै जिल्लामा गाँजा सचेतना अभियान गठन गरिएको छ ।

पूर्वसचिव भीम उपाध्यायको अगुवाईमा देशब्यापी अभियान शुरु भएको हो । यसबाट गाँजालाई वैधानिक खेतीका लागि दबाब सिर्जना गरिने उपाध्यायले जानकारी दिनुभयो । चार दशकअघि गाँजामा आधारित अर्थतन्त्र निकै सबल रहेको भन्दै उहाँले यसलाई पुनर्वहाली गरेरै छाड्ने बताउनुभयो ।

गाँजा एउटा औषधिय गुण भएको बनस्पति हो । बिश्व बजारमा बहुमुल्य रहेको गाँजाको बैज्ञानिक ब्यबस्थापन मार्फत देश लाई समुन्नत बनाउन सकिने उहाँको विश्वास छ ।

बिश्वका शक्तिशाली मुलुकले यसको कारोबार खुल्ला गरे पनि नेपालमा भने यसको खेती अबैध मानिन्छ । विश्व बजारमा यसको तेल , दाना र पात समेत विभिन्न प्रयोजनका लागि महंगो मुल्य मा किनबेच हुने गरेको छ । उपाध्यायले शुरु गरेको यो अभियानले गाँजा बेचेरै देश समृद्ध हुने र नेपालीको जिबनस्तर उकासिने भन्दै गाँजालाई सरकारले बैधानिक बनाउन चर्को दवाव दिने देखिएको छ ।

खेर गइरहेको बाँझो जग्गामा सजिलै यसको खेती हुने र बजार मुल्य पनि उच्च रहेकोले यसको लुकिछिपी कारोबार भैरहे पनि सरकारले बैध घोषणा गरेको छैन । गत साल मात्रै पाकिस्तानले गाँजा खेतीलाई देशको प्रमुख आयस्रोत बनाउने लक्ष्य लिएको छ ।

Facebook Comments