घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेज यूनिटी ग्रुपका बिद्यार्थीहरुले बिहिबार नेपाल पत्रकार महासंघ दाङ शाखा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेका छन् ।
महासंघले सञ्चालन गरेको आइसोलेसन व्यवस्थापन तथा सञ्चालन र पत्रकार सहायता कोषका लागि २५ हजार रुपयाँ र प्रतिष्ठानलाई औषधि राख्न एक फ्रिज सहयोग गरिएको छ ।
यूनिटी ग्रुपका सदस्य अर्जुन महराको उपचारका लागि संकलित कोषबाट बचत गरी कोरोना महामारीसँग जुध्न सहायता होस् भनेर महासंघ र प्रतिष्ठानलाई सहयोग गरिएको ग्रुपका संयोजक विवेक न्यौपानेले बताए । भिक्टोरिया कलेजका शिक्षक रोशन आचार्य, यूनिटी ग्रुपका संयोजक विवेक न्यौपाने र सदस्य सन्दिप घिमिरेले पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीलाई बिहिबार २५ हजार रुपयाँको चेक प्रदान गर्नुभएको थियो ।
यसैगरी पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, यूनिटी ग्रुपका संयोजक विवेक न्यौपाने र सदस्य सन्दिप घिमिरेले प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञासीं बस्नेतलाई फ्रिज हस्तान्तरण गर्नुभएको थियो । बिद्यार्थीहरुले प्रदान गरेको फ्रिजमा आइसियूका लागि औषधि राख्न सहज हुने निर्देशक बस्नेतले बताउनुभयो । उहाँले महामारीमा सहयोग गरेकोमा बिद्यार्थीहरुलाई धन्यवाद् दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।