• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरद्धारा ६७ जना किसानलाई कृषियन्त्र प्रदान




घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको छ ।

५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ति ६७ जना किसानहरुलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषी विकास शाखा प्रमुख चोपनाराण खनालले किसानहरुलाई आज ति उपकरणहरु हस्तान्तरण गर्नुभयो ।

जस्मा १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, २ जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसीन हस्तान्तरण गरिएको हो । उक्त उपकरण खरीदमा उपमहानगरको ४९ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको शाखा प्रमुख खनालले बताउनुभयो ।

उपकरणहरु व्यवसायीकरुपमा सञ्चालन भएका फर्म तथा व्यक्तिगतरुपमा कृषि व्यवसाय गर्दै आएका किसानहरु रहेका छन् । उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले यन्त्र उपकरणको सहि सदुपयोग गर्दै पेशामा व्यवसायीकरण हुने बताउनुभयो । कृषि पेशालाई व्यवसायीककरण गर्दै परम्परागत शैलीको खेतीलाई आधुनिक बनाउने स्थानिय सरकारले उदेश्य रहेको समेत उहाँले बताउनुभयो ।

Facebook Comments