• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छिल्लीकोटमा नेपाली सेनाद्वारा संरचना निर्माण गरी हस्तान्तरण




तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १९ छिल्लिकोट स्थित कालिका मालिका मन्दिर परिसरमा नेपाली सेनाले भौतिक संरचना निर्माण सम्पन्न गरेको छ ।

प्राचीन ईतिहास र धार्मिक महत्व बोकेको मन्दिर परिसरमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुमधुर एब प्रगाढ बनाउने नीति अनुरुप नेपालि सेनाको एकिकरण मार्ग कार्यक्रम अन्तर्गत निर्माण गरिएको भौतिक संरचना निर्माण सम्पन्न भएसंगै बिहीवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

बिनियोजित भएको रकम दशलाख रुपैयाँ तथा श्री रणसिंहदल गणको श्रमदानबाट निर्मित भौतिक संरचना सेड घर(३ वटा फलामे बेन्च) तथा २ सिटे शौचालयहरुको श्री १९ नम्बर बाहिनी अड्डाका बाहिनिपती सहायक रथि मदनकुमार केसिले कालिका मन्दिर समितिका अध्यक्ष पुर्ण पुनलाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा तुलसीपुर १९ का वडा अध्यक्ष रामबहादुर योगि, रणसिंहदल गणका गणपती प्रमुख सेनानी उज्वल केसि, कालिका मालिका मन्दिर समितिका अध्यक्ष पुर्ण पुन र कोषाध्यक्ष प्रबिण पुन लगायत स्थानिय ब्यक्तिहरुको उपस्थिती रहेको थियो । यस्ता जन उपयोगि सार्बजनिक महत्वका कार्यक्रमहरुले स्थानीय तहमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुधार एब प्रगाढ हुने र भबिष्यमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउदै जाने गणपती प्रमुख सेनानि केसिले बताए ।

Facebook Comments