• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अग्रगामी शक्ति एक ढिक्का बनौं, जीत निश्चित छ





भीमबहादुर ओली

समाज र व्यक्तिलाई बुझ्ने आदर्शवादी दृष्टिकोणभित्र यथास्थिती, जडता, निराशा र पूर्वाग्रही आदि सोचहरु सारतः गतिविहिन हुन्छन् । समाज र व्यक्तिको गती बुझ्नका लागि हामीसँग गतिशील दृष्टिकोण आवश्यक पर्दछ, जसले मात्र विगत र वर्तमानको भौतिकीलाई ठिक ढंगले बुझ्दछ।

आजको नेपाली समाज लामो संघर्षबाट आएको हो । कमजोर र बलिया भुरेटाकुरेबीचको युद्धले नेपालको नक्सा तयारभएपछि आजको जुन अवस्था छ, यो पनि यथास्थितिमा नरहने कुरा हाम्रा अगाडि इतिहास साक्षी छ। पटकपटक नेपालमा विधी प्रक्रिया मिचेरै अगाडी बढ्ने शासकहरुको विशेषताबाटै अग्रगमन र प्रतिगमनको भिन्नता देखिने गरेको छ, यो नेपाली जनताले प्रष्ट अनुभव गरेका छन ।

आज पनि नेपालको राजनीति अगाडी बढ्ने या पछाडी हटने बीचको जुन रक्तपातहिन संघर्ष उत्कर्षमा पुगेको छ, यदि यही अवस्था निरन्तरतामा अगाडिबढ्ने हो भने वलिदान एवं हतियारद्ध बन्ने कुरा पनि अस्वाभाविक नहुनसक्छ ।

हरेकपटक शासकको हठ ठीक ढंगले चल्न चलाउनमा समस्याहरू आइरहे। नवऔपनिवेशिक देशहरुमा संसारभर विश्व ब्यबस्थाले आफू प्रतिकूल राज्यब्यवस्था चल्न दिदैन । यदि चल्न खोजे हरेक बहाना बनाएरर दमन गर्दछ । त्यसको नमुना आज नेपालमा हाम्रो सरकारलाई लिन सकिन्छ।

आज विरेन्द्रको वंश विनासको दिन र केहीदिन अगाडि मदनकुमार भण्डारीको हत्या गरिएको दिन हामीहरूले श्रद्धाञ्जली दियौं । यस्तै नेपालका कैयौ घटनाहरू सत्य तथ्य छानविन नगरी सकिदैछन् । भण्डारीकी श्रीमती राष्ट्रपती र उहाँले नयाँ दिशा दिएको भनिएको पार्टी सरकारमा रहँदा पनि हत्या छानवीनले प्राथमिकता पाउन सकेन ।

बरु यही टीम अहिले देश बर्बाद बनाउने बाटोमा लागेको छ । एकपछि अर्को प्रतिगामी हर्कतमा उद्धत भएको छ । संसारभर महामारी छ , हामीकहाँ दाउपेच छ । यदि अदालतबाट प्रतिगमन दुई नसच्चिए देशले दुई मध्य कुन बाटो पकड्नेछ– हामी प्रतिगमनसहितको चुनावमा लुसुक्क जाने या विद्रोह गर्ने ? अबको विद्रोह यही प्रतिगमन मात्र सुधार्न वा थप अगाडि बढ्न ?

आगामी विद्रोह नेपालमा शान्तिपूर्ण हुनेछ, जस्ले २१ औ शताब्दीको समाजवादलाई पछ्याउँदै जान्छ र त्यसमा बाधा आयो भने संघर्षको स्वरुप बदलिन सक्छ। परिवर्तित सन्दर्भमा आन्दोलनले वलिदानको माग गर्दछ, राज्य दमनमा आयो भने प्रतिरोधको बाटोबाट पनि समावादी राज्यमा पुग्न सकिने छ ।

अग्रगामीहरूको पराजय भयो भने आजका उपलब्धि संविधान, गणतन्त्र, संघीययता र अन्य सवै उपलब्धिहरु गुम्छन । देशमा जनअधिकार समाप्त गरेर केपीभन्दा पनि क्रूर शासक आउनसक्छन् । यो द्धन्दात्मक समीक्षा भयो आगामी दिनका लागि सही कार्यदिशा तय गर्न सकिने छ ।

हाम्रा अगाडि राणा, पंचायत र राजा फाल्न जति जटिलता थियो तर आजको दलाललाई फाल्न त्यति अप्ठ्यारो छैन। संसदमा हेर्दा शक्तिशाली पार्टीहरू संघर्षमा छन् । संसद बाहिर सबैजसो शक्तिहरू वैज्ञानिक समाजवादको पक्षमा नै छन् । त्यसो बेला अग्रगामी शक्तिहरुको तालमेल हुन सक्यो भने कसरी रहन्छ यो प्रतिक्रान्तिकारी सत्ता ?

हिजोको इतिहासले प्रमाणित गरिसकेको छ, राणा, पंचायत र राजा फाल्न असम्भव देख्नेहरू आज सरकारमा विराजमान छन। नेपालमा धेरै वलिया र शक्तिसाली शासकहरुलाई परास्त गर्दै आजको अवस्था ल्याउने शक्ति हामीहरू न हौ। हामी र हाम्रो अग्रगामी विचार रहँदासम्म सबै शासकहरुको पतन निश्चित छ ।
बबइ ४ हापुरे दाङ

Facebook Comments