गणतन्त्र आयो अनि, कसले के पाए ?
व्यर्थै माथि किन यस्तो, दिवस सम्झाए!
गरीब दलित र जनजातिको, नारा लगाउदै
आसेपासे र आफ्नै परिवार, मजबुत बनाए!
जनतालाई दुई छाक टार्न, गाह्रोगार्हो हुँदापनि
सुखी नेपाली समृद्ध नेपालको, भरोसा जगाए!
पिडितलाई जेल हाल्ने, पिडकले सफाई पाउने
आफ्नै मनोमानिको शिकार हुने, कानुन गराए !
बाटो खने मजदुरले, त्रिशुलिको भिर हुदै
आखिर अन्त्यमा अर्कैले,गाडी गुडाए !
सोझाहरु सहिद भए,घाइते अपाङ्ग ज्युदै मरे
सामन्ती र शोषक हरु लाई नै, किन बचाए!
मर्ने हरु मरिसके जिउदाहरु लाई, सन्तोष पार्न
बल्ल बल्ल देशमा एक थान, संविधान लेखाए!
हिमाल ओली
त्रिवेणी खारा रुकुम पश्चिम्
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।