• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशसभाको अंक गणितमा गडबड, चार सदस्य थपिदा पनि सत्तापक्षमा पुगेन बहुमत




लुम्बिनी प्रदेशमा एक सदस्य रिक्त रहेको राष्ट्रियसभा सदस्य निर्वाचनले कानूनीरुपमा राष्ट्रियसभा सदस्य पदपूर्ति गरे पनि राजनीतिक रुपमा फेरि एकपटक प्रदेश सरकारको अल्पमत र बहुमतको प्रसंगलाई सतहलाई ल्याइदिएको छ ।

गत बैशाख १५ गते मुख्यमन्त्री शंकर पोख्रेल राजीनामा दिएर पुनः नियक्त भएपछि उहाँ अल्पमतमा रहेको भन्दै बिपक्षी गबठन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गरेको थियो । प्रदेश सांसदहरुको धर्ना र निवेदनका बीच प्रदेश प्रमुखले पोख्रेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्दै उहाँकै निवासमा गएर सपथ गराउनुभएको थियो ।

पुनः बिपक्षी गठबन्धनले आफूहरुसँग ४२ जनाको समर्थन रहेको भन्दै दोस्रो निवेदन दर्ता गराएको थियो । जसपाको तर्फबाट चार जना प्रदेशसभा सदस्य रिक्त भएको बेलामा गठबन्धनको स्पष्ट बहुमत थियो नै थियो तर सर्वोच्च अदालतले जसपाका चार सदस्यको कारवाही खारेज गरेपछि पोख्रेल बहुमतमा पुगेको सत्तापक्षको दावी थियो । तर, राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा भने ४२ सांसदले बिपक्षी गठबन्धनको पक्षमा मतदान गरेका छन् ।

कूल ८३ सदस्य कायम रहेको प्रदेशसभामा बहुमत पुष्टि गर्न ४२ जना चाहिन्छ । यो निर्वाचनमा बिपक्षी गठबन्धनले ४२ र सत्तापक्षले ४० मत मात्रै प्राप्त गरेका छन् । सबै मत खसेकोमा एक मत बदर भएको छ । एक मत कुन पक्षबाट बदर भएको स्पष्ट छैन ।

बिपक्षी गठबन्धनले आफूहरुले भन्दै आएको जस्तै गठबन्धनकै पक्षमा बहुमत रहेको दोहोर्याएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पुुष्टि भएको कांग्रेसका सांसद फखरुद्दिन खानले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन नियमावलीविपरीत शून्य समयमा चार जना मतदाता थपिंदा पनि मुख्यमन्त्री अल्पमतमा परेको भन्दै गठबन्धनले आफूहरु बहुमतमा रहेको थप पुष्टि भएको दाबी गरेको छ ।

हिजो मात्रै विज्ञप्ति जारी गरी गठबन्धनले अन्तिम समयमा आएर मतदाता थपिएको भन्दै बिरोध जनाएको थियो ।
को–कोले मतदान गरेनन् ?
निर्वाचनमा २ सय ९६ मत खसेको थियो । तीन स्थानीय तहका प्रमुख मतदानमा सहभागी भएनन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापा मतदानमा सहभागी भएनन् । राणा एमाले, कांग्रेस र माओवादीको जुधाइमा सहभागी नहुने भन्दै मतदानमा सहभागी भएनन् भने थापा र शाह बिरामी छन् । थापाको बिरामी भएर काठमाडौंमा र शाहको भारतमा उपचार भइरहेको छ । स्थानीय तह निर्वाचनमा राणा राप्रपा, थापा कांग्रेस र शाह जसपाबाट निर्वाचित भएका थिए ।

Facebook Comments