• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिपक्षी गठबन्धनको जीत प्रतिगमनबिरोधी अभियानको जीत होः पाण्डेय




राष्ट्रियसभा सदस्यमा निर्वाचित दृर्गनारायण पाण्डेयले आफ्नो जीत प्रतिगमनबिरोधी अभियानको जीत भएको बताउनुभएको छ ।

दाङको घोराहमिा भएको उपनिर्वाचनमा बिपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै बिजयी हुनुभएको हो ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेयले प्रतिगमनका बिपक्षमा देशब्यापी गठबन्धन मजबुत बन्दै गएको भन्दै यो निर्वाचनबाट थप पुष्टि भएको बताउनुभयो । सरकारबाट संविधान र गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको भन्दै उहाँले यसविरुद्ध राष्ट्रिय एकता कायम गरेर जानुपर्ने र आफ््नो जीतलाई त्यही अभ्यासको रुपमा लिएको बताउनुभयो ।

कांग्रेस नेता पाण्डेय बिपक्षी गठबन्धनको तर्फबाट चुनाव लड्नुभएको थियो । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाउनुभएको छ भने प्रतिष्पर्धी खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

जसअनुसार पाण्डेयले प्रदेशसभा सदस्यबाट दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार एक सय २४ गरी चार हजार एक सय ४० मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै खड्काले प्रदेशसभा सदस्यबाट एक हजार नौ सय २० र स्थानीय तहतर्फ एक हजार छ सय ९२ गरी तीन हजार छ सय १२ मतभार प्राप्त गर्नुभएको छ ।

कांग्रेसका पाण्डेयलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाले गठबन्धन उम्मेदवारको रुपमा उठाएको थियो । उहाँलाई माधवकुमार नेपालनिटक नेकपा एमालेका जनप्रतिनिधिले पनि मतदान गरेका छन् । यसअघि बागमतिमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गबठन्धनले नेपालनिकट डा. खिमलाल देवकोटालाई अघि सारेको थियो । सोही गठबन्धनको निरन्तरतास्वरुप यो निर्वाचन भएकाले यसमा एमालेको नेपाल पक्षले मतदान गरेको एक नेताले बताए ।

तत्कालीन माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको थियो । उपनिर्वाचनमा एमालेले खड्कालाई नै अघि सारेको थियो भने गठबन्धनले दृगनारायण पाण्डेयलाई अघि सारेको थियो । यसअघि एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेय गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि प्रदेशसभा सदस्यबाट राजीनामा गरी कांग्रेस प्रवेश गर्नुभएको थियो ।

Facebook Comments