• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, घोराहीको कर्मचारी मिलनकेन्द्रमा मतदान




राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
निर्वाचनका लागि क, ख र ग गरी तीनवटा बुथ तयार पारिएका छन् ।

जसमध्ये ‘ग’ केन्द्रमा कोरोना संक्रमित मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । आयोगले ७२ घन्टाभित्र कोभिड जाँच गरेको रिपोर्टका आधारमा मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ । मतदान केन्द्रमा दुई–दुईजनाका दरले स्वास्थ्यकर्मीहरूसमेत परिचालन गरिने सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ । यद्यपि यसको बिपक्षी गठबन्धनले बिरोध गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा परिणाम ल्याउन कोसिस गरेका छन् । एमालेका केन्द्रीय तहका नेतादेखि प्रदेश कमिटी अध्यक्ष लीला गिरीसम्म चुनावी परिणाम आफ्नो पक्षमा निकाल्ने प्रयासमा छन् भने विपक्षी गठबन्धनले आफ्ना उम्मेदवारले फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेको छ ।

Facebook Comments