• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः क्यावात सरकार !




सौगात आचार्य

तिम्रो त नामै सरकार ।
तिमिले फेरि भन्यौ
तिमी नै अहिले सरकार !
तिमिलाई गोजि सिलाइदिनेहरु छन
र,
गोजिमा बस्ने
उभयचरहरु सहित अरुपनि ।
हामि अहिले
कात्रो किन्दै छौ ।
तिमि सर्वज्ञाता हौ,
कात्रोमा गोजि हुदैन ।
तिमी काममै छौ क्यारे !
एउटा अर्को आर्यघाटको उद्घाटन गर
अनि,
कात्रोमा गोजि पनि हाल्दै गर ।
आखिर,
कात्रोत ओडाउनु नै छ ।
हेरौन,
तिम्रो गोजिसहितको
र हाम्रो गोजिरहित
कुन चै सुहाउँदो रहेछ तिमिलाइ ।

Facebook Comments