• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘म बनाउँछु मेरो गाउँ’ अभियानलाई दुई लाख बाइस हजार सहयोग




रुकुमपश्चिम आठबीसकोट नगरपालिका १० घारीखोलाका युवाहरुले थालेको ‘म बनाउछु मेरो गाउँ अभियान’लाई सोही ठाउँ निवास् प्रेमराज केसीले दुई लाख २२ हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभएको छ ।

हाल अमेरिका निवासी केसीले अभियानको खातामा रकम जम्मा गर्नुभएको हो । समाजसेवी केसी हाल Candidate for Vice President, NRNA NCC USA California Chapter 2021-2023 मा चुनाव लड्नुभएको छ ।

स्थानीय युवा र स्थानीय तहको साझेदारीमा ‘म बनाउछु मेरो गाउ’ अभियानअन्तर्गत जनविकास माध्यामिक विद्यालयको भौतिक संरचना र शैक्षिक सुधारको काम भइरहेको एक अभियन्ता एकराज केसीले जानकारी दिनुभयो ।

स्थानीयको जनश्रम र युवाको सहयोगबाट ६० लाख बढीको काम भएको छ भने १५ लाख रकम सहयोगस्वरुप जम्मा भएको छ । एक महिनामै भवन निर्माण गर्ने तयारीका साथ काम शुरु गरिएको भए पनि लकडाउन र आर्थिक अभावका कारण निर्माण कार्यले गति लिएको छैन ।

स्थानीय युवाले ४० लाख र त्यत्तिकै नगरपालिकाले अनुदान गरी ८० लाख र ८० लाख जनश्रमदान गरी एक करोड ६० लाखको लगानीमा योजना सम्पन्न गर्ने उद्देश्य रहेको केसीले जानकारी दिनुभयो । अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । युवाहरुले संकलन गर्ने रकममध्ये २५ लाख अझै सहयोग जुट्न बाँकी छ ।

Facebook Comments