• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीको मितेरी अस्पतालमा आइसोलेशन शुरु, आठ संक्रमित भर्ना




दाङमा पहिलोपटक एक निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न आइसोलेशन बनाएको छ ।

अहिलेसम्म निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगरिरहेको बेला घोराही १८ नवलपुरस्थित मितेरी हस्पिटल प्रालिले आइसोलेशन बनाएको छ ।

आइसोलेशनमा कोरोना संक्रमितहरुलाई भर्ना लिन शुरु गरिएको अस्पताल सञ्चालक महाबीर जिसीले जानकारी दिनुभयो । जेठ १३ गते साँझसम्म आठ जना कोरोना संक्रमित भर्ना भइसकेका छन् । उनीहरुलाई अक्सिजनसहितको सेवा शुरु गरिएको छ ।

नवलपुर पुलचोकनजिक रहेको वडाको सार्वजनिक भवन लिएर आइसालेशन बनाइएको जिसीले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा तरकारी बजारका लागि बनाइएको सो भवन अहिले खाली रहेको छ । जसमा अहिले १५ वटा आइसोलेशन बेड राखिएको छ ।

आइसोलेशनमा अक्सिजनसहितका बेड राखिएको छ । आइसोशनमा मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मी २४ सै घण्टा रहनेछन् भने दुई जना बिशेषज्ञ पनि रहने अर्का सञ्चालक माधव भण्डारीले जानकारी दिनुभयो ।

अवस्थामा हेरेर कोरोना अस्पताल बेलझुण्डीमा कार्यरत दुई जना विशेषज्ञ चिकित्सकले विरामी जाँच गर्नेछन् भने मेडिकल अधिकृतसहितका स्वास्थ्यकर्मी सेवामा खट्नेछन् ।

आइसियू र भेन्टिलेटर नभएकाले जटिल प्रकिृतिका विरामी भने यहाँ राखिने छैन । लागेको खर्च ब्यवस्थापन गर्ने गरी विरामीबाट शुल्क लिइने सञ्चालक भण्डारीले जानकारी दिनुभयो । अस्पतालमा धेरै विरामी आउन थालेपछि कोरोना संक्रमितलाई छुट्टै राख्नुपर्ने आवश्यकता देखिएको र जिल्लामा अक्सिजन नपाएर ज्यान जान थालेपछि थोरै पनि राहत होस् भनेर सेवा शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments