• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपमहानगरभित्रै यस्तो गरीबी, घर बनाइदिन स्थानीय युवाको अभियान




दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ लाहुरेचौर सिरखोलास्थित दलबहादुर साहुको घर बनाउन स्थानीय युवाले अभियान थालेका छन् ।

स्थानीय युवाहरुले ‘दलबहादुरको घर निर्माण तथा व्यवस्थापन समिति’ नै गठन गरेर लागेका छन् । युवा नेता विप्लव ओलीको अध्यक्षतामा सात सदस्यीय समिति बनाइएको छ ।

सो समितिमा शंकर भुसाल, टेकराज केसी, नवराज सुनार, रमेश ओली र ठाकुर ओली रहनुभएको छ ।

समितिका युवाहरुले दलबहादुर साहुको तीन जनाको परिवारको लागि बस्ने बास बनाइदिनको लागि आफुहरु लागिरहेको र सहयोगको लागि सबैलाइ याचना गरेको समितिका अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलबहादुरको परिवार उक्त स्थानमा विगत १२/१५ बर्षदेखि बस्दै आइरहेको छ । अहिले आएर जग्गा अर्कैको नाममा दर्ता देखिएकाले यो परिवार बिचल्लीमा परेको छ ।

विभिन्न दाताहरुलाइ आग्रह गरेपछि केही खाद्यान्न, लत्ताकपडा र पकाएर खाने भाडाहरु उपलब्ध गराएको जानकारी दिंदै अध्यक्ष ओलीले भन्नुभयो– ‘अबको हाम्रो मिसन भनेको दलबहादुरको परिवारलाइ बासको ब्यबस्था गर्ने हो । यस कार्यमा हामी निरन्तर लागिरहेका छौ र सहयोग आउने क्रम पनि जारी छ ।’
यस्तो कोभिडको बिषम परिस्थितिमा पनि स्थानिय युवाहरु मिलेर एउटा सराहनीय कार्य गरिरहेकाले अभियानमा सहयोग गर्न चाहनेले अध्यक्ष विप्लव ओलीको ९८५७८३१००८ र शंकर भुसालको ९८४७८७६०६४ फोन गरी सहयोग गर्न सकिने छ ।

Facebook Comments