• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देश बिदेशमा रहेका रुकुमेलीले जुटाए १८ लाख बढीको स्वास्थ्य सामग्री (स्वास्थ्य सामग्री र मूल्य विवरणसहित)




देश र बिदेशमा रहेका रुकुमेलीहरुले थालेको कोरोना विरुद्धको अभियान रुकुमबाट संकलित १८ लाख बढीको लगानीमा स्वास्थ्य सामग्री रुकुमपश्चिम पठाएका छन् ।

कुम जिल्लामा कोभिड–१९ संक्रमितको उपचार र उपचारमा सलंग्न स्वास्थ्यकर्मीलाइ आवश्यक पर्ने सामग्री मध्नजर गरी सामग्री डोनेसनका लागि सञ्चालित कोभिड–१९नियन्त्रण अभियानबाट रुकुम जिल्ला अस्पताललाइ हस्तान्तरण गर्ने प्रयोजनका लागि ती सामग्री पठाइएको अभियानका सहजकर्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

अभियानका क्रममा २३७ जनावाट १८ लाख ३७ हजार ५० रुपैयाँ ३७ पैसा संकलन गरिएको थियो । स्वास्थ्य सहायता सामग्री हस्तान्तरणपछि यो अभियान स्वतः सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

पठाइएका विभिन्न सामग्री रहेका छन् । कोरोना संक्रमित विरामीको प्रयोगका लागि अक्सिजन ४० लिटर (MED.High Follow Oxygen Cylinder-40 Liter (with 4 regulator and 4 nasal cannula) दश वटा रहेका छन् । प्रति सिलिण्डर २२ हजार ५००का दरले अक्सिजनमा दुई लाख २५ हजार खर्च गरिएको छ ।

त्यस्तै एक लाख १८ हजार छ सय ५० रुपैयाँको लगानीमा ३०० पिस Sars-cov2 Antigen Test Kit पठाइएको छ । जसको प्रति किट ३९५।५० रुपैयाँ मूल्य परेको छ ।

सबैभन्दा महत्वपूर्ण सामग्रीको रुपमा हाइ पावर जेनेरेटर पठाइएको छ । रुकुम अस्पतालमा विधुतको नियमित विधुत आपुर्ति समस्यालाई दृष्टिगत गरी कोरोना संक्रमित विरामीलाई उपचारमा सहजताका लागि अस्पताल कोभिड आइसोलेसन वार्डमा प्रयोग गर्न जेनेरेटर पठाइएको हो । High Power Generator- Kirloskar silence 20 killo watt (20kva) को मूल्य ६ लाख ३२ हजार ८०० सय रुपैयाँ परेको छ ।

त्यस्तै कोरोना संक्रमित विरामीको रगतमा अक्सिन लेवल, ब्लड प्रेसर, ज्वरो लगायतको अवस्था मेशिनबाटै पत्ता लगाउन उपयोग हुने सात पिस New Contec CMS 8000 multipara patient monitor- 5 parameter पठाइएको छ । यसबाट एक कोरोना संक्रमित विरामीको लागि १ मोनिटर नियमित प्रयोग भई विरामीको प्रत्येक सेकेण्डको अवस्थाको थाहा हुनेछ । प्रति पिस ८४ हजार सात सय पचारका दरले सात पिसको मूल्य पाँच लाख ९३ हजार दुई सय ५० परेको छ ।

त्यस्तै कोभिड आइसोलेसन वार्डको प्रयोगका लागि एक वार्ड वरावर एक स्वास्थ्यकर्मीद्वारा प्रयोग गर्न गर्ने गरी New Contec CMS 8000 multipara patient monitor- 5 parameter पठाइएको छ । यसको प्रयोग भएका विरामी वाहेकको अक्सिजन लेवल चेक जाँच गर्न सकिने छ, जो ठूलो स्क्रिनसहितको हाते अक्सिमिटर हो । यो मेशिन १२ हजार चार सय तीसका दरले खरिद गरेर कूल ३७ हजार दुई सय ९० को लागतमा तीन पिस पठाइएको अभियन्ता अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

आइफ्लो अक्सिजन दिनुपर्ने कोरोना संक्रमित विरामीको प्रयोगका लागि ५० पिस Non-breather face Mask पठाइएको छ । जसको मूल्य १२ हजार ६ सय ५६ परेको छ । प्रतिपिस १२ हजार चार सय ३० का दरले ३७ हजार दुई सय ९० को लगानीमा तीन पिस Handheld Pulse oxymeter- contec cms 60c पठाइएको छ

सामान्य अक्सिजन दिनुपर्ने विरामीको प्रयोगका लागि Nasal tubing पठाइएको अभियान टोलीले जनाएको छ । जसको १२ पिसको मूल्य दुई छ सय ८४ परेको छ ।

कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको उपयोगका लागि एक सय वटा पिपिइ सेट पठाइएको छ, जसको मूल्य एक लाख ३५ हजार ६ सय परेको छ । ४५ हजार दुई सयको लगानीमा एक हजार थान मेडिकल मास्क र १२ हजार चार सय ३० को लगानीमा दुई सय पिस स्यानिटाइजर पनि पठाइएको छ ।

यसरी कूल १८ लाख १५ हजार ५६ रुपैयाँ ८८ पैसाको लगानीमा स्वास्थ्य सामग्री खरिद गरिएको छ भने काठमाण्डौदेखि रुकुम ढुवानी भाँडा ६३ हजार खर्च लागेको अभियानले जनाएको छ । १० पिस अक्सिजन फिल गर्न साढे छ सयका दरले छ हजार पाँच सय लागेको छ । अभियानका क्रममा १८ लाख ३७ हजार ५० रुपैयाँ ३७ पैसा संकलन भएको र कूल खर्च १८ हजार ८५ हजार ६० रुपैयाँ ८८ पैसा खर्च भएको अभियन्ता कृष्ण केसीले ४८ हजार १० रुपैयाँ ५१ पैसा अपुग रहेको जानकारी दिनुभयो ।

अभियानमा सबैभन्दा धेरै मुसिकोट नगरपालिका १ सल्ले घर भई हाल अमेरिकामा बस्दै आउनुभएका यामबहादुर बिसीले सहयोग गर्नुभएको छ । उहाँले एक लाख २१ हजार एक सय ११ सहयोग गर्नुभएको छ ।

अभियान टोलीले नियमित खटिने सबैलाई धन्यवाद पनि दिएको छ । अभियानका क्रममा सहकर्ताको रुपमा उपसचिव अर्जुन भण्डारी, प्रहरी निरीक्षक लक्ष्मण ओली, कतारबाट पूर्ण थापा, अस्ट्रेलियाबाट दीपक केसी, रुकुममा सहायता फाउण्डेशन अध्यक्ष सिर्जना ओलि, काठमाडौंमा कृष्ण केसीलगायत खटिनुभएको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था सहायता फाउण्डेशनकै नामबाट कारोबार पनि गरिएको थियो ।

रुकुम पश्चिमको कोभिड आइसोलेसन वार्ड प्रयोजन, कोभिड १९ सक्रमितको पहिचान, संक्रमित बिरामीको सघन उपचार र उपचारमा सलंग्न स्वास्थ्यकर्मीहरुको सुविधा अनि मनोवल बढाउन स्वास्थ्य उपकरण र सामग्री डोनेसनका लागि जन्मभूमिमा महामारी समस्या परेको वेला एकजुट भइ केहि योगदान गर्नुपर्छ भन्ने ध्येयले रुकुम पश्चिम वा वाहिर रहेका कर्मचारी,उधमी र रोजगारको सिलसिलामा विदेशमा रहनुभएका रुकुमेलीहरुको ब्यापक छलफल समन्वयमा अभियान शुरु गरिएको सहजकर्ता भण्डारीले जानकारी दिनुभयो ।

अर्का सहजकर्ता ओलीले दिनरात खटेर एउटा महत्वपूर्ण अभियान सफल पारिएको जानकारी दिंदै यसले एकातिर सहयोगी मनहरुलाई जुटाउने काम गरेको छ र अर्कोतिर यसबाटै धेरै नागरिकको ज्यान बच्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामी पेशा ब्यवसायले विभिन्न ठाउँमा रहे पनि संकटको बेला रुकुममै छौं है भन्ने सन्देश दिएका छौं, साढे दुई सयको आसपासमा रुकुमेलीहरुले यसमा आफ्नो सहभागिता जनाउनुभएको छ, अभियान पूर्ण रुपमा सफल भएको छ’– उहाँले भन्नुभयो ।

Facebook Comments