• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संसद बिघटनविरुद्ध दाङका तीन विद्यार्थी संगठनको बिरोध




दाङका तीन विद्यार्थीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको असंवैधानिक कदमको बिरोध गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्वयुवियूले बिरोध गरेका हुन् ।

विज्ञप्तिको पूर्ण पाठः

प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीले २०७८ साल जेष्ठ ८ गते दोस्रो पटक संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन । सर्वोच्च अदालतले पुनस्र्थापना गरेको संसदको दोस्रो पटकको विघटन गरी सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती हो ।

संविधानलाई मजाक र नाटक मञ्चन गर्दै सविधानमा लेखीएका धारालाई अपब्याख्या गर्दै सविधानलाई निकम्मा वनाउने यस्तो गलत कार्यवाट नेपालमा संवैधानिक संकट निम्त्याउदे अन्तत सविधान नै खारेज गर्ने दिशा तर्फ यो सरकार लागेको प्रष्ट देखिएको छ । तसर्थ अग्रगमन र परिवर्तनका लागि प्रतिगमनका मतियारहरुका विरुद्ध निरन्तर लड्दै आएका हामीहरु निकम्मा र नालायक ओली सरकार र यसलाई साथ दिने राष्ट्रपतिको पश्चगामी प्रतिगमनकारी कदमको संयुक्त विद्यार्थी आन्दोलनको तर्फवाटे घोर निन्दा र भत्र्सना गर्दछौ ।

देश यतिवेला ऋयखष्म (ज्ञढ को महामारीको चपेटामा परेको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले ध्यान नदिदा अस्पतालहरुमा अक्सिजन सहितको वेड , भेन्टिलेटर र औषधीको अभावमा हजारौँ जनताको मृत्यु भइसकेको छ भने लाखौ जनताहरु जीवन र मृत्युको दोँसादमा छटपटाइरहेका अवश्था छ । जनतालाई वचाउनका लागि सम्पूर्ण राज्य शक्ति केन्द्रित हुनुु पर्ने अवश्थामा प्रतिनिधी सभा विघटन गरी अरवौ खर्च गरी मध्यावधि निर्वाचन गर्न खोज्नुले देशलाई निरंकुशता तर्फ यो सरकारले धकेल्न खोजेको देखिन्छ ।

सत्ता स्वार्थ र कुर्सी मोहका लागि प्रधानमन्त्री केपी ओली सरकारले नागरिकता सम्वन्धी विधेयक राज्य व्यवस्था समितीको प्रतिवेदन सहित संसदमा पेश भइसकेको अवश्थामा अध्यादेश जारी गरेको छ । पद जोगाउन महन्त ठाकुर गुटलाई खुशी तुल्याउन नागकिता जस्तो देशको दीर्घकालिन अस्तित्व जोडिएको संवेदनशिल विषलाई हतियार वनाइनु निन्दनीय छ । यसले केपी ओली सत्ता स्वार्थका लागि जस्तो सुके कुकर्म गर्न र आवश्यक परे देश नै वेच्न तयार रहेको र उनी राष्ट्रघाति रहेको थप प्रष्ट हुन्छ । र पछिल्लो कदमले केपी ओलीको राष्ट्रवादको नारा थप उदाङ्गो भएको छ । साथै दाङमा केहि निजी विद्यालयहरुले हाल विभिन्न अनलाइन परिक्षाको नाममा शुल्क वुझाउनका लागि अभिभावकहरुलाई दवाव दिइरहेको जानकारीमा आएको हुँदा संकटको समयमा यस्ता गतिविधि नगर्न सम्वन्धीत सवैमा ध्यानाकर्षण गराँउदछौ ।

यस प्रकारले सरकारले जनता माथि गरेको स्वास्थ्य अपराध , संसद विघटन र सत्ता सार्थका लागी नागरिकता जस्तो राष्ट्रको अस्मिता जोडिने विषयमा गरेको सौदावाजीका विरुद्ध एकजुट हुदैँ आ आफ्नो ठाउँ वाट प्रतिरोध गर्नका लागि हामी सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ ।
टोप बहादुर बुढाथोकी , का.वा. सभापति ने.वि. संघ दाङ
जंग रोका , संयोजक अखिल (क्रान्तिकारी) दाङ
रविन्द्र डाँगी, संयोजक अनेरास्ववियु दाङ

Facebook Comments