• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना अस्पतालमा नारायणपुर उवासंघको २५ सिलिन्डर अक्सिजन सहयोग




नारायणपुर उद्योग वाणिज्य संघले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई २५ अक्सिजन सिलिन्डर हस्तातरण गरेको छ ।

कोरोना महामारी बढ्दै गएको अवस्था र जिल्लामा अक्सिजन अभाव चरम रहेको बेला अक्सिजन उपलब्धतामा केही सहज गराउन संघले २५ वटा अक्सिजिन सिलिन्डर उपलब्ध गराएको हो ।

आज सोमबार संघले अस्पतालका व्यवस्थापक दोर्ण वलीलाई सिलिन्डर हस्तान्तरण गरेको हो । ‘बिरामीको चाप बढ्दो छ, अस्पतालमा अक्सिजनको अभाव रहेको छ । एकातिर बिरामी रोगसँग लड्न परिरहेको छ भने अर्कोतिर अक्सिजनको अभावमा छटपटाइरहन परेको अवस्था छ । यस्तो परिस्थितिमा केही सहजता होस् भन्नका लागि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएका हौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले भने ।

उनले थपे,‘हामीले नेपालगञ्जबाट सिलिन्डर रिफिल गराएर अस्पताललाई उपलब्ध गराएका छौँ, यसको व्उवस्थापनमा दाङ उद्ययोग वाणिज्य संघले सघाएको छ । आगामी दिनमा पनि अस्पतालमा रहेकोे अभावलाई न्यूनीकरण गर्नमा निरुन्तर लागिरहने छौँ ।’

पछिल्लो समयमा संघले कोभिड महामारी व्यवस्थापन कोष सञ्चालन गर्दै आएको छ । नारायणपुर क्षेत्रमा अटो एम्बुलेन्स समेत स१चालन गरेको संघले नारायणपुर क्षेत्रका विभिन्न पाँच स्थानमा हातधुने साबुन पानीको व्यवस्था गर्दै आएको छ । सामाजिक अभियानमा सक्रिय रहँदै आएको संघले कोरोना महामारीलाई न्यूनीकरण गर्न विशेष पहल गर्दै आएको छ ।

Aadim sent Yesterday at 20:20

Facebook Comments