• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटमा रोग र भोकविरुद्धको अभियान सँगसँगै चलाएका छौंः मेयर गौतम




रुकुमपश्चिम मुसीकोट नगरपालिकाका प्रमुख देबीलाल गौतमले आफ्नो नगरपालिकामा रोग र भोकविरुद्धको सँगसँगै अघि बढाएको बताउनुभएको छ ।
मुसीकोट नगरपालिकाले आयोजना गरेको भर्जुअल कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

लकडाउनसँगै हरेक वडामा समिति गठन गरेर जनचेतना र विरामीको उपचारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिंदै उहाँले यसबाट जनताको मनोबल बढाउँदै सतर्क रहन सहयोग पुगेको बताउनुभयो । सबै वडाका जनप्रतिनिधि, कर्मचारी र समुदायका अगुवाहरु समुदायस्तरमै परिचालन भएकाले क्षति न्यूनीकरण र स्थितिमा नियन्त्रणमा राख्न सहयोग पुगेको उहाँले जानकारी दिनुभयो ।

अब विस्तारै कोरोना संक्रमण न्यून हुँदै गए पनि जनताका घरायसी समस्या बढ्न थालेको भन्दै उहाँले यसमा पनि नगरपालिकाको ध्यान केन्द्रित भएको बताउनुभयो । त्यसका लागि दूरी कायम गर्दै रोजगारमूलक कार्यक्रम कायम राखिएको र रकम भुक्तानीलगायतका काम सहज बनाउनतिर लाग्ने पनि उहाँले बताउनुभयो । अब जनताको जीवन रक्षा गर्दै विकास निर्माणका काम अघि बढाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कसैले खाद्यान्न राहत गर्ने सोंच बनाएको भए नगरपालिकासँग सम्वयन गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । संघीय र प्रदेश सांसदसहित सबै क्षेत्रको सहयोगबाट अक्सिजन कमी हुन नदिएकाले पनि क्षति कम गर्न सकिएको उहाँले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जिल्लामा अक्सिजन मौज्दात रहेको र कोरोना नियन्त्रण प्रभावकारी बनाउने प्रयास सफलताउन्मुख रहेको बताउनुभयो ।
वडाध्यक्ष तथा कर्मचारीहरुले गाउँगाउँमा सचेतनाका कार्यक्रम पुगेपछि नगरबासीको मनोबल बढ्दै गएको र टोल विकास संस्थाहरुमार्फत यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा उप्रमुख प्रेमकुमारी सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख ध्रुवकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, वडा नम्बर १० का अध्यक्ष गोप्यश्वर केसी, स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री, वडा सचिवलगायतले कोरोना नियन्त्रणमा भइरहेको गतिबिधिबारे जानकारी गराउनुभएको थियो । अहिलेसम्म मुसीकोटमा सात जनाको मृत्यु भएको र संक्रमितमध्ये धेरै निको भइरहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला बार अध्यक्ष गणेश हमाल, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य नरेन्द्र केसी, महासंघका रुकुम शाखा अध्यक्ष लक्ष्मण केसी, उपाध्यक्ष गोपाल रेग्मी, पत्रकार महेश केसी, संगम देवकोटा, रुकुमेली विकास समाजका अध्यक्ष नरबहादुर नेपाली, ओरेक संयोजक दीपा धिताल, हर्प्लेस अध्यक्ष सुनिता बिएमलगायतले सुझाव दिनुभएको थियो । कार्यक्रम सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले गर्नुभएको थियो ।

Facebook Comments