• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा माओवादी केन्द्रको सहयोग अभियान जारी, तीस सिलिण्डर अक्सिजन हस्तान्तरण




नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय उधोग ब्यापार संगठन राप्ती गाउपालिका, वाइसिएल नेपाल राप्ती गाउपालिका र अखिल क्रान्तिकारी राप्ती गाउपालिकाको संयुक्त पहलमा कोरोना बिशेष अस्थायी अस्पताल सिसहनियामा छ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

आइसोलेशनका प्रमुख डा. रेवनसिंह रावललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउपालिका कमिटि अध्यक्ष धर्मराज अधिकारी, स्वास्थ्यकर्मी तथा समाजसेबि प्रकश बिष्ट, युवा नेताहरू झग्गुप्रसाद अधिकारी, तुला गरी, जगत खनल, बसन्त नेपाली, अखिल क्रान्तिकारी नेता भुवन केसी, वाइसिएल नेपाल राप्ती गाउपालिका इन्चार्ज प्रेम खत्री, जिल्ला सदस्य हिमा पुरी लगायतको सहभागिता रहेको थियो ।

माओवादीसम्बद्ध संगठनहरुले यो आइसोलेशनमा नियमितजसो सहयोग गरिरहेका छन् । अहिलेसम्म माओवादी केन्द्रले तीस थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसकेको जनाएको छ ।

Facebook Comments