• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यबस्थाको संकट व्यक्तिले टार्दैन




अमर खड्का
नेपालको राजनीतिमा जेठ महिना शुक्रबारको रात अलि बढी नै चर्चित छ।संयोग भनौ या नियत पात्र फेरिए तर महिना र बार उहीँ रहे।गत जेठ ७ गते शुक्रबारको मध्य राति राजनीतिक उथलपुथल सुरु भयो।संसद विघटन।संसद विघटन नेपालको सन्दर्भमा पहिलो घटना भने होइन। बिगत २०४६ पछिको राजनीतिलाई हेर्ने हो भने वि.स २०५१/०३/२६ मा गिरिजाप्रसाद कोइराला ,२०५२/०५/१२ मा मनमोहन अधिकारी,२०५४/०९/२४ मा सुर्य बहादुर थापा,२०५५को अन्त्यमा गिरिजाप्रसाद कोइराला २०५९/०२/०८ मा शेर बहादुर देउवा,२०७७/०९/०५ मा के पि ओलि र २०७८/०२/०७ मा केपि ओलिले संसद विघटन गरेको पाइन्छ ।

संसद विघटन पश्चात एउटा बहस खुब चर्चामा रहेको देखिन्छ।प्रतिगमन र अग्रगमन ।यो समयमा आफ्नो वर्गीय पक्षधरता र दृष्टिकोण राख्नु स्वभाबिक नै हुन्छ।आज सम्मको संसद विघटनलाई नियाल्दा पार्टीभित्रको अन्तर कलहलाइ हल गर्न नसकेर संसदको घाटी निमोटेको प्रष्ट छ।यसरी पार्टी भित्रको झगडाले संसद विघटन गर्ने कदम अग्रगामी हुनसक्दैन भने अर्कोतिर संसद पुर्णस्थापना गर्ने बाटोपनी अग्रगामी होइन।पटकपटक असफल भएको ब्यवस्थामा जतिसुकै समृद्धि ,बिकास ,न्याय समानताका कुरा वा जति चुनाब गरेपनी,जति संसद विघटन गरेपनी घुमिफिरी रुम्जाटार भने झै जनताको समस्या ज्युउका त्युउ रहन्छ्न।यहि ब्यबस्थामा रहेर खोजिएका विकल्प फगत जनताका आखा छारो हाल्ने शिबाय केही होइनन।यो ब्यबस्थामा हुने जतिपनी कार्यहरु छन ती कार्य मुठ्ठीभर दलालहरुका मात्रै हुन।

सत्ताको तरमार्न नपाएर संसदिय ब्यवस्थाको आइसियुमा छट्पटीएका नेताको रोदन क्रन्दन,स्यालहुइयाइ हेर्दा आश्चर्य लाग्दा छन।साच्चै आफू जनताको पक्षमा भएको भान पार्न,संविधानको रक्षक कहलिन,आन्दोलनको हिमायती बनिरहन लगाएको मुखुण्डो प्रष्ट देखिन्छ।यस्तो मुखुण्डो लगाएर जनतालाई झुक्याउने कुरा नेताका लागि सामान्य भइसकेको छ।नेताको कुरा सुन्दा यस्तो लाग्छ कि यो भन्दा अगाडि असंबैधानिक काम केही भएको थिएन,प्रतिगामी काम केही भएकै थिएन।के संसद विघटन मात्र यस्तो हो त? त्यस्तो हुनै सक्दैन।संसदिय ब्यबस्थाका मतियार ले रास्ट्र,जनता र संविधानका खिलापमा थुप्रै काण्ड,फण्डा र हर्कत गरेका छ्न।अहिले त फण्डाको भागबण्डा नमिले पछि रचिएको प्रपन्च,नौटन्की र नाटक मात्रै हो।

संसदिय ब्यबस्थामा देखिएको संकट,अन्योलता र समस्यालाइ केही ब्यक्तिको समस्य हो भनेर जुन बहस चल्दै छ यो सिमित नेताको मनोगत कुरा मात्र हो। नेपाली जनताले खड्क ओलि, शेरबहादुर देउवा, प्रचण्ड वा माकुने जो प्रधानमन्त्री भएपनी तात्विक रुपमा के फरक पाए?यो त नया भाडोमा हालेको पुरानै रक्सी हो भन्नेकुरा छर्लङ्ग छ ।अहिले देखिएको प्रवृत्ति सत्तामा रहदा पुर्ब प्रमहरुमा पनि देखिन्थ्यो।अनेकन फण्डाहरु थिए ।काण्डहरु थिए ।भ्रष्टाचारहरु थिए।यी सबै संसदीय ब्यबस्थाका प्रमुख विशेषता हुन।त्यसैले अब गरिने चुनाव वा संसद पुर्नस्थापना दुबै प्रतिगामी बाटो हो।कासी जाने कुतिकै बाटो हो।

चर्चामा रहेको अर्को विषय हो अग्रगमन।नेपालमा धेरै बिक्री हुने शब्दमा अग्रगमन पनि पर्दछ।संसदीय राजनितीक दलले आफुलाइ अग्रगमनकारी भन्न रुचाउछ्न तर ब्यबहारिक रुपमा कट्टर प्रतिगामी हुन।संसदीय ब्यबस्थामा एउटा सजिलो के छ भने अग्रगामी चेतन देखाउन आफुले केही मेहनत गर्नु पर्दैन फगत अर्कोलाई प्रतिगामी देखाइदिए पुग्छ।वास्तविक अग्रगमनको मार्का प्राप्त गर्न त्याग,तपस्या,बलिदान,विचार,सिद्धान्त र कार्यदिशा अग्रगामी हुनुपर्छ।वर्तमान प्रस्थितिको भन्दा राम्रो र ब्यबस्थित हुनुपर्छ।बोलिले होइन व्यबहारले पुष्ठि गर्ने हुनुपर्छ।

अग्रगामी शक्तिलाई सत्ताको चस्माले हेर्ने हो भने उग्रवामपन्थी,जंगली,आतंककारी पनि देख्ला तर जनताको चस्माले जनसेवक,देशभक्ति,परिवर्तनकारी ,शान्तिका दुतका रुपमा हेरिन्छ।अग्रगामीको स्वाङ परेर सत्तामा पुग्ने र सबै भन्दा बढी दक्षिणपन्थी र घोर प्रतिगामी बन्ने छ्द्मबेशीहरु संसद विघटनका पक्षमा विपक्षमा देखिए पनि यी एउटै बारीका मुला हुन।अर्को कुरा अग्रगामी शक्ति को हो त?कसरी चिन्ने?भेद कसरी छुट्याउने?भने प्रतिगमन र अग्रगमन दुबै एउटै बिन्दुबाट शुरु हुन्छ्न।दुबैको बाटो जटिल हुन्छन।सजिलो त यथास्थितिमा रहन हुन्छ।प्रतिगमन पुरानो र असफल बिधि सङ्ग जोडिन्छ भने अग्रगमन नयाँ र बैज्ञानिक बिधि सङ्ग जोडिन्छ।आजको युग सुहाउँदो बैज्ञानिक ब्यबस्थाकालागी जुन शक्ति संघर्सरत छ त्यो नै आजको अग्रगामी शक्ति हो।

पुरानो,असफल र त्रुटिपूर्ण ब्यबस्थाको विकल्पको रुपमा रहेर काम गर्ने शक्ति नै क्रान्तिकारी शक्ति हो।क्रान्तिकारी शक्ति नै अग्रगमनको पहलकर्ता र पक्षधरता हो।देशको प्रमुख समस्यको रुपमा रहेको संसदीय ब्यबस्थाको अन्त्य गर्न छडेर ब्यक्तिको समस्यालाई औंल्याउदै यहि ब्यबस्थामा समृद्धि खोज्नु दिसामा डुबेर अत्तरको बास्ना खोज्नु जस्तै हो।एकले अर्कोलाइ धारेहात लगाएर गाली गर्नु भन्दा समाजबाद निर्माणमा लागौ।समाजबादी बिचार प्रबाह गरौ।

अन्तमा: विचार,सिद्धान्त,कार्यदिशा र ब्यबस्था राम्रो भएन भने आफू सङ्ग भएका उपलब्धिहरु गुम्दैजान्छ।गुम्ने क्रम जारी छ। अझै के के गुम्ने हुन?बेलैमा सचेत बनौ।ब्यबस्था राम्रो नहुदा एउटै घरका दाजुभाइ बि पि र मातृका ,सि पि र राधाकृष्ण ,शशांक र प्रकाश त मिल्न सकेनन।एकपटक संकल्प गरौ सबै मिल्ने ब्यबस्था ल्याउ ।सबैको ब्यबस्था ल्याउ ।बैज्ञानिक समाजबादी ब्यबस्था ल्याउ।।

(लेखक विप्लव नेकपानिकट अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष हुनुहुन्छ)

Facebook Comments