• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अक्सिजन किन्न कतारबासी दंगालीको दुई लाख बढी सहयोग




दाङका विभिन्न आइसोलेशन केन्द्रमा अक्सिजन खरिदका लागि दाङ देउखुरी सेवा समाज दोहा कतारले दुई लाख २० हजार सहयोग गरेको छ ।

जसअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट खरिद गर्न ५५ हजार रुपैयाँ गरिएको छ । दाङ देउखुरी सेवा समाज दाङका अध्यक्ष लिलामणि लामिछानेलाई आइसोलेशनहरुमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै बेलझुण्डी कोरोना अस्पताललाई ५० सिलिण्डर अक्सिजन बराबर ५० हजार र नेपाल पत्रकार महासंघ दाङलाई २५ सिलिण्डर बराबर २५ हजार सहयोग प्रदान गरिएको समाजका अध्यक्ष छबिलाल बुढाथोकीले जानकारी दिनुभयो ।

सबै आइसोलेशनलाई अक्सिजनकै लागि दिएको र अरु काममा खर्च नगर्न आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण हुन थालेकाले त्यसका लागि सहयोग गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

समाजले देउखुरीका लागि ६० हजार छुट्याएको छ । जसअनुसार सिसहनियाँ आइसोलेशनलाई २० हजार हस्तान्तरण गरिएको छ भने लमहीमा ४० हजार हस्तान्तरण गरिदैछ ।

पश्चिम दाङका आइसोलेशनका लागि ३० हजार छुट्याइएको जानकारी दिंदै अध्यक्ष बुढाथोकीले चाँडै हस्तान्तण गरिने बताउनुभयो । अन्य देशमा बस्ने दाङबासीले पनि अभियानमा सहयोग गरेका छन् ।

दाङ देउखुरी सेवा समाज दोहा कतारले अभियान चलाएर आर्थिक संकलन गरिएको थियो भने दाङ देउखुरी सेवा समाजको समन्वयमा वितरण गरिएको थियो ।

सन् २०१२ मा कतारमा बस्ने दाङबासीले गठन गरेको यो संस्थाले धेरै सामाजिक सेवा गरिसकेको छ । दाङ देउखुरी सेवा समाज दोहा कतारसँगको समन्वयमा दाङ देउखुरी सेवा समाज घोराहीले पनि सामाजिक सेवाका काम गर्दै आएको छ । एउटा एम्बुलेन्स सञ्चालनमा छ ।

Facebook Comments