• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः लकडाउन




बादल श्रेष्ठ
लकडाउन भनेको के हो ?
लकडाउन कस्तो हुन्छ ?
भन्ने कुरा मेरो मात्र होइन
धेरै मानिसका मनमा
अघिल्लो दिनहरुमा यस्ता प्रश्नहरु
खेलिरहन्थ्यो होला ।

आखिरमा के रहेछ लकडाउन ?
लकडाउनको अर्थ थाहादिन
बुझाइदिन
लकडाउनसङ्ग नजिकाइदिन
यो कोरानाको पनि
ठूलो भुमिका छ होला ।
यो कोरोना सबैसङ्ग पहिले देखी
नजिकिन खोजिरह्न्थ्यो होला ।

आज आएर कोरोना सबैको
घर- घरको
आगनीमै आएर
सबै मानिसमा रहेको अहमता
कम बनाइदिएर
प्रकृतिको नियममा बस्न बनाएर
धेरै ज्ञान ज्ञुनका कुरा सिकाएर
आज बल्ल लकडाउन सबैको
शिक्षक , ईश्वर बन्न पाएको छ ।

अहिले यदि कोरोना भाइरसले
विशाल रुप नल्याइदिएको भए
मानिसले नै यसलाइ सिद्दाइदिएको भए
सायद यो लकडाउनको अर्थ पाउन
खै कुन शव्दकोषमा खोज्नु पर्थ्यो होला ।

वास्तवमा अहिले लकडाउनले
गर्दाले नै प्रकृतिले आफ्नो रुप लिन
पाएको छ ।
आफ्नो वातावरण खुशी साथ रमाउन
पाएको छ ।

Facebook Comments