• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः बाँचिएछ भने फेरि भेटौंला सरकार




दिनेश शर्मा
जनता अस्पतालभित्र अक्सिजन खोज्छ,
मेरो सरकार जतिबेला नि कमिसन खोज्छ
जनता बिहान बेलुकाको छाक कसरी टार्ने भनेर सोच्छ,
मेरो सरकार आफ्नो कुर्सी जोगाउने मान्छे खोज्छ।

जनता,
आफुलाई धिक्कार छ खै कस्तोलाई भोट हालेछु भनेर,
नेता बस्छन आफू कहिले मन्त्री बन्छु भन्ने दिन गनेर।
ए सरकार, तिमिलाई अलिकति पनि लाज लागेन है
जनता आकुलव्याकुल छन
तिमी कसैलाई नियुक्ति दिन र शपथ खुवाउन ब्यस्त छौ,
जनतालाई घरभित्रै थुनेर भएपनी
तिमी भागबन्डा मिलाउन अभ्यस्त छौ।

धन्य छ सरकार
जसोतसो हाम्रो करले देश चलेकै छ
तिमी चलेकै छौ,
ए सरकार तिमी मोजमस्ती गर्दै जाउ,
तिम्रो लागि त हामी जलेकै छौं।

यो महामारीले बचाएछ भने फेरि भेटौला नि सरकार,
बिकास र समृद्धिको कुरा गर्थेउ नि पहिले
त्यो पनि हिसाब गरौंला नि सरकार

Facebook Comments