• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रभाकरलाई पत्र– कमरेड, माओवादी एकताको झण्डा उठाउनुहोस्




क्रान्तिकारी अभिवादन
सचिवालयमार्फत प्रिय आदरणीय जननेता क.जनार्दन शर्मा ‘प्रभाकर’ ज्यून्यानो क्रान्तिकारी लालसलाम।

क्रान्तिकारी आन्दोलनको अवस्था र स्थितिबारे धेरै लेख्न त म छैन तर तपाइँको सदावार क्रान्तिकारी उर्जाले प्रभावित भएर लेख्ने जमर्को गरेको छु ।

कहिलेकाही लाग्छ– तपाइँको जस्तै उर्जा सबै नेतामा भइदिए साँच्चिकै पार्टी क्रान्तिकारी रहिरने थिो । विगतमा माओवादी र एमालेबीच एकता गर्दा तपाइँको पसिना मात्रै थिएन, तपाइँको हस्ताक्षर पनि देखेका थियौं तर एकता दिगो हुन सकेन । फेरि पनि तपाइँबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने अभिव्यक्ति आएको छ ।

अहिलेसम्ममा तमाम खाले जनताका उपलब्धि रअधिकारहरुको रक्षा गर्नुपर्छ भन्ने उद्देश्य राखेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताको नेकपा बन्दाको दस्ताबेजमा हस्ताक्षरकर्ताको हिसाबले अहिले प्रश्न चिन्ह खडा भएको महसुस हुन पुगेको छ। एकता गर्ने त्यो हजुरहरुको योगदानलाई जनताले पूर्णरुपमा स्वीकार गरेका मात्र थिएनन्, स्वागत गर्दै दुई तिहाइनजिक मत दिएका थिए ।

केही साम्राज्यवाद र बिस्तारवादका दलाल प्रतिगमनका मतियारहरुले गर्दा पार्टी एकता कम्युनिस्ट एकतामा रुपान्तरण हुन सकेन । इमानदारी जनताप्रति यो ठूलो घात हो । पार्टी र सरकार गलत नेतृत्वको हातमा दिंदा के हालत हुने रहेछ, त्यो तपाइँले नजिकबाट देख्ने र अनुभव गर्ने मौका पाउनुभयो ।

आफ्नो अस्तित्व जोगाउन लागि कम्युनिष्ट आन्दोलन, नैतिकता र संविधानलाई धराशायी बनाउन तयार हुने व्यक्ति र समूहको हातमा नेतृत्व दिंदा कस्तो स्थिति आयो, विश्व समुदायले नजिकबाट देख्न पाएका छन् । यहाँ सोचे वा भनेजस्तो पुनः कम्युनिष्ट एकता हुँदा यस्ता चरम अवसरवादी र सिद्धान्तहीन पंक्तिबाट कसरी जोगिने अहिलेको अहं प्रश्न बनेको छ ।

अब फेरि पनि एकताको चर्चा चल्दा पक्कै पनि कम्युनिस्टको खोल ओढेका प्रतिगमनकारीसँग सचेत हुनु जरुरी छ । मुखमा राष्ट्रवादको मुकुण्डो लगाएर भित्रभित्रै बिदेशी जासुसहरुसँग मिलेर राष्ट्रियतामाथि छुरी प्रहार गर्ने जल्लादहरुप्रति सतर्क रहनुहोला । एकता नाममा भीड मात्रै जम्मा गर्नुभन्दा जनताको पार्टी माओवादी केन्द्रलाइ मजबुत पार्नतिर लाग्नुहोला । बरु सकिन्छ भने पूर्वमाओवादीहरुको एकताको झण्डा उठाउने प्रयास गरियोस् ।

त्यसो गर्दा नयाँ इतिहास रच्न फेरि संभव देखिन्छ । असफल भइसकेको अभ्यास मात्र भन्दा हिजो सफलताको विरासत बोकेको जनयुद्धकालीन टीमलाई अघि बढाएर मात्रै नेपालमा श्रमजीवी वर्गको मुक्ति संभव छ भन्ने बलियो मत बन्दै गएको छ । यसले जनतामा पुनः नयाँ उर्जा पनि प्रवाह गर्नेछ । यसलाई हजुरले जिम्मेवारी ढङ्गले बुझ्नु हुनेछ भन्ने आशा गरेका छौं ।

छिटै अगाडिको माओवादी नेतृत्व एउटै स्थानमा उभिएको देख्न जनता आतुर छन् । फेरि एकपटक सबै माओवादी एक हुँदा देश माओवादीमय हुनेछ, जसबाट नयाँ समाजवादी क्रान्तिको अगुवाइ पनि संभव हुनेछ ।
कारी अबिवादन सहित

डिभाइड शर्मा
रुकुम पश्चिम
हाल घोराही, दाङ

Facebook Comments