• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा माओवादी केन्द्रको ज्ञापनपत्र, परीक्षण, अक्सिजन र एम्बुलेन्सको ब्यवस्था गर्न माग




नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले आज कोरोना नियन्त्रण को लागि विभिन्न ८ बुदे माग सहित राप्ती गाउँ पालिका अध्यक्ष नुमानन्द सुबेदिलाइ ध्यानाकर्षण पत्र बुझाएको छ ।

माओवादी केन्द्रका गाउँ पालिका कमिटी अध्यक्ष क धर्मराज अधिकारीले सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाउँदै कोरोना धेरै ठाउँमा फैलिएकाले निःशुल्क परीक्षणको ब्यवस्था मिलाउन माग गर्नुभयो ।

साथै अक्सिजन र एम्बुलेन्सको उपलब्धताका लागि पनि उहाँले गाउँपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष सुवेदीले माओवादी केद्रलाइ धन्यवाद दिदै गाउँपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नागरिकको ज्यान बचाउन गाउँपालिकाले आफ्नो क्षमताले सकेसम्म ध्यान दिएको बताउनुभयो ।

माओवादी केन्द्रले उठाएका मागहरु कार्यान्वयन गर्न पहल गर्ने पनि बताउनु भयको छ । कार्यक्रममा स्थानीय नेताहरु झग्गुप्रसाद अधिकारी, बसन्त नेपाली, तुला गिरी र चद्रन चौधरीको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण जगत खनालले गर्नु भएको थियो ।

Facebook Comments