• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमेरिकामा बस्ने युवाहरुको सहयोगी मन, दंगीशरणमा अक्सिजन किन्न एघार लाख दान




दाङको दंगीशरण गाउँपालिमामा कोभिड अस्पताल बनाउन र अक्सिजन खरिदका लागि अमेरिकामा बस्ने युवाहरुले एघार लाख रुपैयाँ सहयोग गरेका छन् । दंगीशरण घर भइ हाल अमेरिकामा बस्दै आएका २३ जना युवाले ११ लाख १९ हजार नौ सय ८० रुपैयाँ सहयोग पठाएका छन् ।

दंगिशरण गाउपालिकास्थित कोभिड अस्पताल बागरमा अक्सिजन सिलिण्डर खरिद र अस्पताल ब्यबस्थापनका लागि उनीहरुले सो रकम पठाएको स्थानीय युवा अगुवा नवीन थापा ‘नूतन’ले जानकारी दिनुभयो ।

जसअनुसार सबैभन्दा धेरै रकम बागरका शोभाराम ओलीले एक लाख २२ हजार ३२ रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै राजपुरका नरबहादुर डाँगीले एक लाख १६ हजार १ सय १६ रुपैयाँ सहयोग गर्नुभएको छ ।

त्यसैगरी राजपुरका खिलत ओलीले २३३१६।–, लेटारका डिल्ली रावतले ४०७१६।–, चखौराका गणेश चौधरीले ७३३१२, राजपुरका खिमराज ओलीले ८३,६३६, श्रीगाउँका सुशील नेपालीले ५८११६।–, राजपुरका जितेन्द्र ओलीले ४०,६००।–, राजपुरकै सन्दीप डाँगीले ५८ हजार, पर्सडुवाका जागेश्वर डाँगीले ५८११६।– र सिम्ठानाका मनिष बुढाथोकीले ५८,५८०।– सहयोग गर्नुभएको छ ।

त्यसैगरी लेटारका कमल केसीले २४३५०।–, राजपुरका भरत डाँगीले २३७८०।–, बुटनियाँका सन्दीप ओलीले ७५५१६, बागरका खिमबादुर ओलीले ३४८००।–, श्रीगाउँका प्रवेश ओलीले १७५१६।–, लेटारका देव खड्काले ४०६००।–, राजपुरका फलत डाँगीले ४०६००।–, सोही गाउँका गोपाल डाँगीले ४१७६०।– र सोही गाउँका भीमबहादुर ओलीले ४०६००।– सहयोग गर्नुभएको छ ।

त्यसैगरी प्रकाश ओलीले सात हजार ७६, आनन्द रावतले ११ हजार सात सय १६ र कृष्ण रेउलेले ११ हजार छ सय सहयोग गर्नुभएको छ ।

Facebook Comments