• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः मेरो भोट फिर्ता ले




सौगात आचार्य

तँ चाहिएन सरकार
मेरो भोट फिर्ता ले

म स्वास फेर्न सकेको छैन
तँ मन्त्री फेर्दैछ्स

म खोप कुर्दैछु
तँ कमिसन हेर्दैछ्स

म स्वास्थ्य संकटकालको परिकल्पनामा छु
तँ राजनैतिक संकटकालको तायरीमा छ्स

म ट्रयाक्टर नपाएर चौबाटोमै मर्दैछु
तँ चुनाव लडन हेलिकप्टर चढदैछस
म मेरा बिरामी बा आमा भेट्न पाएको छैन
तँ बिदेशी एजेण्ट भेट्दैछस्

म मेरै देशमा केही गर्न र यही मर्न चाहन्छु
तँ पराइक लागि जनता मार्ने तानाबाना बुन्दैछस्

अहँ मलाइ तँ चाहिएन सरकार
बिल्कुलै चाहिएन तँ

मेरो भोट फिर्ता ले
तुरुन्त फिर्ता ले

Facebook Comments