• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँमा कोरोना संक्रमण बढ्न थालेपछि घरघरमै गएर स्वास्थ्य जाँच




रुकुमपश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ९ ले गाउँमा कोरोना संक्रमण बढ्न थालेपछि घरघरमै पुगेर स्वास्थ्य जाँच गर्न थालेको छ ।

टोलटोलमा समिति गठन गरेर ‘आफ्नो गाउँ, आफै बचाऔं, अभियान थालेको वडाले तेस्रो चरणको कार्यक्रमअनुसार यस्तो अभियान थालेको हो ।

जसअनुसार वडाबासीका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुग्न थालेका छने । ज्वरो आउने शरीर दुख्ने लक्षणका विरामी देखिन थालेपछि विचार जाँच गर्दै निशुल्क रुपमा औषधि दिन थालिएको वडाध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

साथै कोरोना सचेतनाको कार्यक्रम पनि जारी राखिएको उहाँले जानकारी दिनुभयो । तेस्रो चरणको अभियानअन्तर्गत जेठ ५ गते स्वारा कुन्सिम्ला टोल र नमुना टोल चौखावाङबाट सुरु गरिने छ भने जेठ ६ गते होल लिङगुर टोलमा, जेठ ७ गते कामी बुढा टोलमा र जेठ ८ गते होल्तारा अदुवारी टोलमा घरघरमै पुगेर जाँच गरिने छ ।

अभियानमा वडा अध्यक्ष नवीन ओली, स्वास्थ्य चौकी इन्चार्ज शशिराम केसी र सम्बन्धित टोलका वडा सदस्यको सहभागिता रहने छ ।

Facebook Comments