• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः सेल्फी




सौगात आचार्य

जब अफ्ठेरो आउँछ तब सेल्फी
भुकम्प आयो एउट चाइचाउको पोकासँग सेल्फी
नाकाबन्दी भयो एक बोतल पेट्रोलसँग सेल्फी
देखेकै हो हामीले
एउटा केरासँग सेल्फी
एउट बिस्कुटको प्याकेटसँग सेल्फी

अहिले फेरि नयाँ लहर आएछ
अक्सिजनसँग सेल्फि
कति भ्रममा बाच्नसक्छ मान्छे
अक्सिजनको फोटो खिच्दैछ
कति हावामा छ मान्छे

हावाको पनि ही फोटो हुन्छ र ?
सरकार फर्मान गर्दैछ
सक्नेने दाउरासँग सेल्फी खिच
फेरि फर्मान आउला
कात्रोसँग सेल्फी खिच
के तिमी अब कात्रोसँग पनि सेल्फी नै खिक्ने हौ ?

यो अप्ठेरो बेला हो
सक्छौं सबैजना एकैठाउमा बस
र, एउटा बिधि बसाल
अनि जनताको पहुँच सजिलो होला
सक्दौनौ त जे गरिराखेकाछौ गर
तर यादगर
यस्तै तालहो भने
एकदिन
तिम्रो लास, तिम्रो कात्रो
अनि तिमिलाइ जनाउने दाउराको पनि
सेल्फी खिच्नुपर्ने हुनसक्छ

जनता तिम्रा सेल्फी हेरिहेरी वाक्क भएकाछन
त्यतिबेला तिमीले सेल्फी खिच्ने
अपलोड गर्ने
र हेर्ने कोही पाउने छैनौ
तिमी मरिरहेका हुनेछौ
सेल्फी त के तिमी एक्लो हुनेछौ
फगत एक्लो !

Facebook Comments