तुलसीपुर उधोग बाणिज्य सघंको अगुवाईमा तुलसीपुरमा उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो हस्पिटलको ब्यबस्थापनका
लागी झण्डै ४ लाख सहयोग गरेको छ । बाणिज्य सघंको अगुवाईमा आईतबार ४ लाख नगद रुपैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बाणिज्य सघंका महासचिब बिनिल केसिले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई नगद हस्तान्त्रण गर्नु भएको हो । उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रोहस्पिटलको ब्यबस्थापनका लागि डागि परिवारको तर्फबाट नगद सहयोग गर्नुभएको हो ।
कोभिड बिपद कोषको सहजकर्ता बिमल रिजालको पहलमा सो रकम सकंलन गरिएको हो ।
तुलसीपुर उधोग बाणिज्य सघंले १ लाख ५१ हजार, रोटरि क्लब अफ तुलसीपुर सिटिले ६२३००, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५३६०, लायन्स क्लब अफ दागको तर्फबाट ५१०००, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार सहयोग प्राप्त भएको तुलसीपुर उधोग बाणिज्य सघंका कोषाध्यक्ष देबबहादुर केसिले जानकारि दिनुभयो ।
सो अबसरमा उपाध्यक्ष ललित जगं शाह, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पुर्ब अध्यक्ष सचिन पौडेल ,लायन्स क्लब दागका सह सचिब भोजराज न्यौपाने,लगायतको उपस्थिति रहेको थियो ।
यस्तै उपाध्यक्ष ललित जगं शाहले थप ११ हजार रुपैया बिपद कोषमा सहयोग गर्नुभएको छ ।
आईतबार मात्रै ४ लाख सहयोग गरेको छौ थप सहयोग उठनेक्रमपनि जारि छ तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले भन्नु भयो ।
साथै अध्यक्ष चालिसेले आम उधोगी ब्यबसायिहरुमा बिपदको घडिमा सबैले सहयोग गर्नुपर्ने भन्दै सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।