• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना भाइरस, संसदीय संकट र समाधान




हेमन्तप्रकाश ओली

यतिबेला विश्व मानव समुदाय नोबेल कोरोना भाइरस(कोभिड-१९) को संकटसंग सिँगौरी खेलिरहेको छ।चिनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसले बिश्वका अधिकांश मुलुकमा पहिलो चरणमै उच्च मानविय क्षति र अर्थतन्त्रमा चरम संकट पैदा गरेको थियो।कोभिड-१९ को पहिलो भेरियन्टले नेपाललाइ त्यति निराशाजनक अबस्थामा पुर्याएन।अहिले कोभिड-१९ को दोस्रो भेरियन्टले छिमेकी मुलुक भारत र हाम्रो आफनै मुलुकलाइ त्रासदी अबस्थामा पुर्याएको छ।

कोरोना भाइरसको प्रभाव बारे सामाजिक संजालमा भाइरल तस्वीरहरु देख्दा जो कोहिको मन मस्तिष्कले गम्भीर भएर सोच्न बाध्य बनाएको छ।छिमेकी मुलुक भारतमा बढ्दो संक्रमण र हाम्रो देशको संगको खुल्ला सिमा नाकाको कारणले नेपालमा पनि कोभिड-१९ को संक्रमणदर दिनानुदिन आकाशिदो अबस्थामा छ।

पछिल्लो समय नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या पनि निकै उच्च रुपले वृद्धि हुँदै छ।मानिसहरुमा मनोबैज्ञानिक असर परिरहेको छ।आफ्नै घर छिमेकमा मृत्युु भएका खबरले मानिसको मनोबल निकै कमजोर हुदै गइरहेको छ।कोभिड-१९ को कारणले मृत्यु हुनेको मृत्युदर १% भएपनी सामाजिक संजालमा भाइरल समाचार तस्वीर र अन्य सामाग्रीहरुले मानिसहरू डर,त्रास,भय र कमजोर मनोबलका साथ बाचिरहेका छन।अस्पतालहरुमा अक्सिजनको चरम अभाब छ।संक्रमित नागरिकहरुले बेड सम्म पाउने अबस्था छैन।चरम स्वास्थ्य सामाग्रीको अभाबले नागरिकहरु मृत्युको मुख कुरेर बसिरहेका छन।

यस्तो अबस्थामा राज्य गैरजिम्मेवार बनिरहेको छ।राज्यले समयमै कोभिड-१९को जोखिम न्यूनीकरण गर्न युद्धस्तरमा काम गर्न सकेको भए आज यो अबस्था सिर्जना हुने थिएन।कोभिड-१९ जोखिम कायमै रहेको थियो तर आफ्नो कुर्सी सत्ता संकटमा परेको बेला हजारौ,लाखौ नागरिकहरुलाई सहभागी बनाएर बिरोध प्रदर्शन,शक्ति प्रदर्शनको नाममा राज्यका मालिकहरुले संक्रमणलाइ झन व्यापक बनाए।कोभिड-१९ ले निम्त्याएको भयानक अबस्था,अर्थतन्त्रमा पारिरहेको चरम संकटका बिसयमा आम नागरिकहरु राज्यको निकम्मापन गैरजिम्मेवारिपनका विरुद्ध भौतिक रुपमा उपस्थित भएर बिरोध गर्न सम्भब नभएपनी समाजिक संजालमा बढ्दो निराशा,आबेग र बिद्रोहका शब्दहरुको बेमिसाल तोप पड्काइरहेका छन।

नागरिकहरु अस्पतालमा अक्सिजन माग गरिरहेका बेला राज्य संसदमा बिस्वासको मत खोजिरहेको छ।नागरिकहरु अस्पतालका शैयामा छटपटाइरहेका बेला राज्य “हुन्छ भन्नेमा यति मत,हुन्न भन्नेमा यति”भन्दै संसदीय सत्ता लुछाचुडिमा पौडी खेलिरहेको छ।संक्रमित नागरिकहरुले सर्वसुलभ एम्बुलेन्स सेवा नपाएर ट्याक्टरमा बिरामी बोकिरहेका बेला राज्यका मालिकहरु हेलिकप्टर सवारि गरि उम्मेद्वारी दिन उडिरहेका छन।कोभिड-१९ संक्रमित मध्य धनाढ्यहरु हेलिकप्टरमा महंगा अस्पतालमा अत्याधुनिक सुबिधासम्पन्न आइसियुमा उपचार गराइरहेका छन भने आम आम श्रमजीवी मजदुर किसान गरिब जनताहरु सिटामोल भन्ने शब्द सुन्न पाइरहेका छैनन।

ठुला-ठुला होर्डिङ बोर्डमा नया युगको सुरुवात लेखेका संसदबादिहरु यतिबेला नागरिकलाइ अत्यावश्यक स्वास्थ्य सामाग्री सिटामोल,जिबनजल संक्रमितलाई सामान्य बेडसम्म उपलब्ध गराउन सकेका छैनन।यो अबस्थामा नागरिकहरु नया युगको सुरुवातको होर्डिङ बोर्डलाइ नया युगको संकट र मृत्युु भोगिरहेका छन।

संकट:व्यवस्थाको उपज

यो संकट पुजीवादी संसदीय व्यवस्था र राजनितिक संकटले निम्त्याएको संकट हो।यो व्यवस्था आफ्नो फाइदाको लागि जे पनि गर्ने व्यवस्था हो।यो व्यवस्थामा पर्यावरणको रक्षा,व्यवस्थापन,शान्ती,समृद्धि,स्वाधीनता,जनमत,प्रजातान्त्रिक अधिकार,मानवअधिकार लगाएतका थुप्रै शब्दहरु जनतालाइ भ्रम दिने शब्दावली हुन।दलाल पुजीवादी संसदीय व्यवस्थाको विरुद्ध आम जनमासको गुनासो,पीडा ,आक्रोश सर्वत्र सुन्निरहेका छन।नेपालका आम शोसित पीडित श्रमजीवी जनताहरु बिधमान व्यवस्थाको आमूल परिवर्तन खोजिरहेका छन।

आम श्रमजीवी जनता मजदुर किसान सुकुम्बासी उत्पीडित जाती,समुदाय बुद्धिजीवी युवा-विद्यार्थी,लेखक श्रमजीवी पत्रकार र सम्पुर्ण मेहनतकस जनताहरु यो संकटको अद्वितीय विकल्प तथा सम्पुर्ण समाधान बैज्ञानिक समाजबादको यात्रामा अबिचलित दौड्न चाहिरहेका छन।दस बर्से महान जनयुद्ध र त्यसको जगमा प्राप्त उपलब्धिहरु गुम्दा “जुन जोगि आएपनी कानै चिरिएका” भन्ने नमिठो वाक्य र त्यसको जवाफ दिन समाजबादका यात्रीहरुलाइ परिरेहेको छ।आन्दोलनलाइ सम्झौतामा टुङ्ग्याउनु र केही मुठ्ठीभर नेतृत्वहरु मन्त्री,सांसद र प्रधानमन्त्री बन्ने र जनतालाइ धुलोपिठो सहित सडकमै छोड्ने प्रवृत्तिले आम जनतामा बारम्बार धोका भएको छ।

बिजयको सन्निकट पुगेको आन्दोलनलाइ मुख्य नेतृत्वको पतनले गर्दा बिसर्जन विघटन हुँदै प्रतिक्रान्तिमा परिणत भए।दस बर्से महान जनयुद्ध बिजयको सन्निकट थियो तर प्रचण्ड-बाबुरामको धोका गद्धारीले नेपालमा प्रतिक्रान्ती भयो।जनयुद्धका उपलब्धिहरु जनमुक्ती सेना,जनअदालत,जमिनदारका कब्जा घर जग्गा फिर्ता,जनकम्युनहरु विघटन गरिए र जनतामा माओबादी प्रतिको आशा निराशामा परिणत भयो।अहिले बाबुरामको बिलय नै भैसक्यो।उनी कम्युनिस्ट आन्दोलन छोडेर भागेका भगौडा र क्रान्तिबिरोधी नै भइसके।उनको नया शक्ति जसपामा गएर बिलिन भयो।प्रचण्डहरु कहिले कांग्रेसको लठ्ठी त कहिले एमालेको लठ्ठीको साहारामा बाचिरहेका छन।पुर्ब सुप्रीमो प्रचण्ड लगाएतको झुन्ड देशी-बिदेशी प्रतिक्रियावादी साम्राज्यवादिहरुको बफादार कुकुर भएर हड्डिको आशमा संसदमा नांगो नाच नाच्ने समुहमा परिणत भएको छ।

नेपालमा दलाल पुजीवादीहरुले दिएको नारा “सुखी नेपाली,समृद्ध नेपाल” दुखी नेपाली ,कंगाल नेपालमा परिणत भएको छ। चरम भ्रस्टाचार,कमिसनखोर,रास्ट्रघात,जनघात,महंगी,कालोबजारी,जनबिरोधी हर्कत नै दलाल पुजीवादका सफलता साबित भएका छन।लाखौ युवाहरु सस्तो मुल्यमा आफ्नो श्रम बिदेशी भुमिमा बेच्न बाध्य पारिएका छन।देशमा रोजगारको अबस्था सिर्जना गर्न नसक्दा आफ्नै भुमी कब्जा गर्ने साम्राज्यवादि मुलुकको सेवा गरिरहेका छन।दैनिक युवाहरुको लास बाकसमा लपेटिएर आउँछ।लाखौ बालबालिकाहरु आधाभुत शिक्षाबाट बन्चित छन।लाखौ दिदिबहिनिहरु अरबमा बेचिएका छन,लुटिएका छन,मारिएका छन।देशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढिरहेको छ।

गोर्खा भर्तिकेन्द्र मार्फत बर्सौ देखि युवाहरुलाई भारतमा बेचिएको छ।किसान,मजदुर आम श्रमजीवी जनतलाइ छाक टार्न मुस्किल छ।करिब ७० लाख मानिसहरू गरिबिको रेखामुनी छन।बोक्सी,छुवाछुतको नाममा अमानवीय शोषण,उत्पीडन र दमन भएको छ।दिनदहाडै स-साना छोरिहरु बलत्कृत भएका छन।हत्या,हिंसा आतंकले सिमा नाघेको छ।राज्यनै हत्या,हिंसामा खुलेयाम उत्रिएको छ।एउटै देशमा दुई किसिमको सिक्षा प्रदान गरिएको छ।

धनी धनाढ्यका छोराछोरीहरु महंगा बोर्डिङ स्कुलमा दाखिला छन भने गरिब का छोराछोरीहरु सरकारी स्कुलमा पढिरहेका छन।शासकहरु आफ्नो सत्ता टिकाउन ,बिदेशिलाइ रिझाउन विभिन्न सन्धी साझौता नदि-नाला,खनिज-खानिहरु बेचिरहेका छन।लिपुलेक,कालापानी,लिम्पियाधुरा माथी बिदेशी हस्तक्षेप कायमै छ।नेपाल संग कुनै सरोकार नराखी साम्राज्यवादले सिमा नाका हाम्रो भुमीमा एकलौटी बाटो निर्माण कार्य सुचारु गर्दा सम्म राज्यलाइ थाहा हुदैन।भारतबाट आयत हुने तरकारीको गुणस्तर सम्म जाच्न नसक्ने राज्यलाइ के भन्ने?

तसर्थ यी सबै संकटले क्रान्ती बिद्रोह जन्माउदै छ।जनताहरु जित्न अघि बढ्दैछन।शासकहरुले खतराको घण्टी बजेको महसुस गर्न थालिसकेका छन।त्यसैले क.बिप्लबले भनेझै “क्रान्ती आबेगमा होइन,बिबेग र योजनामा अघि बढ्छ”।हामी क्रान्तिकारीहरु पुर्ण बिबेग र योजनामा अघि बढी यो संकटको बिकल्पमा निसर्त बैज्ञानिक समाजबादी राज्यसत्ता प्राप्तिको दिशामा अघि बढौ।शोसन उत्पीडन असमानता र बर्गको अन्त्य गरि आम श्रमिक बर्गको सत्ता निर्माण,समानतामुलक र समृद्ध,शान्त,स्वाधिन मुलुक निर्माण गरौ।

बैज्ञानिक समाजबाद बारे पुजीवादले छरेको भ्रमका विरुद्ध सर्वहारा बर्गको पहिलो सत्ता पेरिस कम्युन,लेनिनले अक्टोबर क्रान्ती सम्पन्न गरेर निर्माण गरेको सोभियत संघ,छिमेकी मुलुक चिनमा माओले बिजय हासिल गरेको चिनियाँ क्रान्ती ,भारतमा भाकपाले गरेको बिद्रोह,निरन्तरको संघर्ष,विश्व क्रान्तिका नायक चे ग्वेभाराको बलिदानी संघर्ष,भियतनाम,उत्तर कोरिया लगाएत अन्य मुलुकमा चलेका समाजबादी क्रान्ती नै हाम्रा आदर्श प्रेरणा श्रोत हुन।

पुजीवादीहरु बैज्ञानिक समाजबादलाइ काल्पनिक कुरा हो भनेर भ्रम छर्छन तर त्यो सत्य होइन।सत्य यो हो कि बैज्ञानिक समाजबाद सर्वहारा बर्गलाइ सत्ताको मालिक बनाउने आजको मानव समाजको प्रतिनिधित्व गर्ने उच्चतम व्यवस्था हो।बैज्ञानिक समाजबाद नै मानव जातिलाइ बर्ग जात रास्ट्र र धर्मबिहिन बनाउने ,हर प्रकारका शोषण दमन र उत्पीडनबाट मुक्त गर्दै स्वतन्त्र,शान्त,समान,बैज्ञानिक र समृद्ध दुनियामा पुर्याउने मानव सभ्यता हो।तसर्थ दलाल पुजिबादको अन्त्य गरि बैज्ञानिक राज्यसत्ता स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध होऔ।
(लेखक जनपत्रकार संगठन नेपाल, दाङका संयोजक हुनुहुन्छ)

Facebook Comments