• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पूर्वमा मकैको बिउ अभाव




रुकुमपूर्वमा मकैको बिउँअभावभएको छ । जिल्लाका सबै ठाउँमा अहिले मकै रोप्ने चटारो चलिरहेको छ ।

लामो समयको खडेरिपछि परेको पानीले जमिन भिजेपछि मलबोक्ने र खेतबारी खनजोतमा व्यस्तभएका कृषकहरु बिउ अभावले समस्यामा परेका छन् । जिल्लामै मकैको बिउ उत्पादनहुने गरेका छैन् ।

सधै बाहीरबाट बिउ आयात गर्ने गरिएकोमा यस वर्ष भने बिउ पनि आयात गर्न नसकिएको गाउँपालिकाहरुले जनाएका छन् । सिस्ने गाउँपलिकाले यस वर्ष १५ क्विन्टल उन्नततजातो मकैको बिउ ल्याउने योजना बनाएको थियो ।

तर बिउ अभावले जिल्लामा मनकामना जातको ८ क्विन्टल बिउ मात्र भित्र्याएको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक दिनेश ओलीले जानकारी दिनुभयो । अहिले सिस्ने गाउँपलिकाको १ र २ नम्बर वडामा सबैभन्दा बढी मकैको बिउ आवश्यक छ । १ र २ नम्बर वडामा सलहकिराले सबै मकै सखापपारेपछि बिउसमेत उत्पादननभएको त्यहाँका कृषकहरुले बताएका छन् ।

सोही कुरालाई मधयनजर गर्दै १ नम्बर वडामा २ क्विन्टल र २ नम्बर वडामा ४ क्विन्टल मकैको बिउ पठाएको प्राविधिक सहायक ओलीले बताउनुभये । उहाँका अनुसार सिस्ने ७ र ८ नम्बर वडामा एकएक क्विन्टल मकैको बिउँ पठाइएको छ । यस्तै अन्य ३, ४, ५ र ६ नम्बर वडामा भने हुरेड कार्स रुकुम –पूर्व) ले लगभग साढे ८ क्विन्टल मकैको बिउ वितरण गरेको छ । नेपालगञ्ज, सुर्खेत र चितवनमा सम्पर्क राख्दा पनि पर्याप्त मात्रामा बिउ आउन नसकेको गाउँपालिका कृषिशाखाले जनाएको छ ।

यस्तै भूमे गाउँपालिकाले पनि यस वर्ष २० क्विन्टल मकैको बिउ ल्याउने तयारी गरेको थियो । कृषकको माग संकलनगरि २० क्विन्टल मकैको बिउ ल्याउने तयारी गरेको गाउृँपालिकाले बिउ अभावमा ल्याउननसकेको गाउँपालिका कृषिशाखाकानायवप्राविधिक सहायकशिखर विश्वकर्माले बताउनुभयो । बिउ नआएपछि अहिले भूमेका कृषकहरुले पुरानै बिउ लगाएका छन् । यसले गर्दा रोग, किराको प्रकोप हुने र उत्पादनमागिरावट आउन सक्ने उहाँले बताउनुभएको छ ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा भने लोक्कल बिउ छ । तर, उन्नतजातको बिउ आयातगर्न नसकिएको गाउँपलिका कृषिशा खाका नाप्रास ओमप्रकाशओलीले बताउनुभयो । यस पालीगाउँपालिकाले बिउ खरिदको लागि बजेट पनि नछुट्याएको र बाहीर पनिबिउको अभावभएकाले उन्नतजातको मकैको बिउ भित्र्याउननसकिएको उहाँले बताउनुभएको छ । यस वर्ष जिल्लामामात्रनभई नेपालभर नै मकैको बिउ अभाव देखिएको छ । जसले गर्दा कृषकहरु समस्यामा परेका छन ।।

Facebook Comments