दाङमा अहिलेसम्म कोरोनाका कारण ११६ जनाको मृत्यु भएको छ ।
२८ बैशाखमा एकै दिन ८ जनाको ज्यान गएसँगै यो संख्या ११६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
दाङमा अहिले सक्रिय संक्रमित २३७० रहेकोमा २२४२ जनाले घरमै आराम गरिरहेका छन् भने बाँकी १२८अस्पतालमा छन् ।
सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिकामा १०८१ र त्यसपछि घोराहीमा १००४ जना रहेका छन् ।
सबैभन्दा कम संक्रमित राजपुरमा ७ जना छन् । आज मात्रै ३७८ जना संक्रमित थपिएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।